२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक समृद्धिका लागि उद्यमशीलता जरुरी

२०७४, २७ फाल्गुन आईतवार १४:२५

फागुन २७, काठमाडौँ | मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।  आइतबार मिडिया इन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । 

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने बताए । मुलुकमा विद्युत्, सडक लगायतको विकाससँगै राजनीतिक स्थिरता समेत आइसकेकाले अबको बाटो भनेको उद्यमशीलता हुनुपर्ने उनले बताए । भौगोलिक विविधता रहेको नेपालको हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै किसिमका कृषि व्यवसाय रु गरेर मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन र आफ्नो जीवनस्तर उकास्न सकिने उनको भनाई थियो । 


कार्यक्रममा पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दलहरुले पनि अब आर्थिक मुद्धा उठाउन थालेको बताए । आर्थिक समृद्धिका लागि मुलुकमा प्रशस्त सम्भावना रहेको भन्दै उनले उक्त सम्भावनालाई विकासमा बदल्नका लागि राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्नुपर्ने बताए । हरेक  व्यक्तिले राष्ट्रिय भाव राखेर उद्यमशीलतामा लाग्नु जरुरी रहेको उनको भनाई थियो । 


त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकका सबै क्षेत्रको फोकस आर्थिक समृद्धितर्फ हुनुपर्ने र यसका लागि उद्यमशीलताको विकास अत्यावश्यक रहेको उल्लेख गरे । ससाना आर्थिक क्रियाकलापलाई राष्ट्रिय अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि राज्य आफैँ सक्रिय भएर लाग्नुपर्ने उनले बताए । यसका लागि मुलुकको राष्ट्रिय अर्थनीतिका तीन खम्बाहरु सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त  पहल हुनुपर्नेमा उनले जोड दिए । 



उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात  बढिरहेको, निर्यात घटिरहेको, युवा विदेशिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताए । मुलुकमा राजनीतिक स्थिरता आइसकेको र विद्युत्, सडक लगायतको विकास द्रुतगतिमा भइरहेको उल्लेख गर्दै उनले अब राष्ट्रियताको भावना बोकेर सबैले  आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए ।

त्यसैगरी निर्धन उत्थान बैंकका सीईओ जनार्दन देव पन्तले बेरोजगारीका कारण मुलुकमा गरीबी बढेको उल्लेख गर्दै अब स्वरोजगारी सिर्जना गर्ने तथा उद्यमी बन्नेतर्फ लाग्नुपर्ने बताए । कम्तीमा एक घरमा एक जना उद्यमशीलतामा लाग्नु आवश्यक रहेको उनको भनाई थियो । माइक्रोफाइनान्सहरुका कारणले थुप्रै महिला उद्यमी बनेको बताउँदै उनले अब युवाहरुको श्रम, सीप र जाँगरलाई व्यवसायमा रुपान्तरण गर्ने बेला आएको उल्लेख गरे ।


कार्यक्रममा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले जोस, जाँगर र आँट भए ठूलो पुँजीविना पनि उद्यमशीलता हासिल गर्न सकिनेमा जोड दिए । प्रविधि, शिक्षा र पुँजीको अभाव भएका व्यक्तिहरुले समेत जोस र जाँगरबाट राम्रो आम्दानी गर्नुका साथै रोजगारी दिनेसम्मको हैसियत बनाएको उदाहरणहरु दिँदै उनले पढेका र बुझेका युवाहरुले चाहेमा मुलुकको आर्थिक समृद्धि टाढा नरहेको बताए ।


कार्यक्रमलाई समापन गर्दै हिमालयन कलेज अफ एग्रिकल्चर एण्ड सोसियल साइन्सेज (हिकाष्ट)का अध्यक्ष विनायक राजभण्डारीले मुलुकको समृद्धिमा युवाहरु जागरुक भएर लाग्नुपर्ने बताए । 


मिडिया इन्टरनेशनलको आयोजना, हिकाष्टको प्रवद्र्धन एवम् राष्ट्रिय व्यापार संघ र युनिक एड्भेन्चर्स प्रालिको सहकार्यमा सम्पन्न कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका व्यक्तिहरुको सफलताको कथामा अधारित र मिडिया इन्टरनेशनलको सफलतामा आधारित दुई वटा डकुमेन्ट्री पनि देखाइएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से