२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवास जनता क्याम्पसको भवन निर्माण शुरु

२८ फाल्गुन २०७४, सोमबार ०५:५७

फागुन २८, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासको आठकोठे भवन निर्माण कार्य शुरु भएको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अहिलेको क्याम्पस भवनकै माथिल्लो तलामा आइतबार आठकोठे भवनको निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । 

क्याम्पसको माथिल्लो तलामा आठकोठे दोस्रो तला निर्माणका लागि बर्दिवास नगरपालिकाले रु ४५ लाख उपलब्ध गराएको छ । त्यसैगरी विश्वविद्यालय अनुदान आयोगबाट रु १२ लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिनुभयो । दोस्रो तला निर्माणमा रु ६९ लाख खर्च हुने प्राविधिक अनुमान रहेको छ । 

क्याम्पसले थप तेस्रो तल्लामा आठ कोठा निर्माणका लागि शिक्षाप्रेमी विभिन्न व्यक्तिलाई आह्वानसमेत गरेको छ । “दोस्रो तलाको आठ कोठा नगरपालिका र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट पूरा गर्छौं”, क्याम्पस भवन निर्माण समितिका अध्यक्ष एवम् क्याम्पस प्राज्ञ सभाका उपाध्यक्ष लीलामणि आचार्यले भन्नुभयो, “तेस्रो तला निर्माणका लागि स्मृति भवनको हामीले खुला आह्वान गरेका छौँ ।” यो आह्वानअनुसार दिवङ्गत आफन्तका नाउँमा कक्षा कोठाको नाउँ र शिलालेख राखिने अवसर दिइएकाले भवनका कोठा बनाइदिने प्रतिबद्धता प्राप्त हुन लागेको आचार्यको भनाइ छ । 

शिक्षाशास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन सञ्चालन गरिरहेको क्याम्पसले अब स्नातकोत्तरको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा संवद्र्धन प्रक्रिया बढाएको छ । आउने शैक्षिक सत्रबाटै स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरिने क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । हाल स्नातक तहमा ५०५ विद्यार्थी अध्ययनरत छन् । बर्दिवासमा यो क्याम्पस स्थापना भएयता विवाहिता महिलाका लागि उच्च शिक्षा जारी राख्न निकै सजिलो भएको छ । २०६४ सालमा क्याम्पस स्थापना भएर सञ्चालन भएयता आफ्ना वरपरका ३०० भन्दा बढी बुहारीले स्नातक तहको अध्ययन पूरा गरेका क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो