2026-07-25 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा: ज्यान जोखिममा पारेर पढ्न बाध्य छन् त्रिपुरा माविका विद्यार्थी

फागुन २८, डोल्पा | यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । 

लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापातालाई कामचलाउ रुपमा ढुंगाले थिचेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । 

“विद्यालयको तीनकोठे भवन एकदमै जीर्ण छ, तीन वर्षदेखि जीर्ण भवनमा नै प्रावि र निमाविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,” प्रधानाध्यापक रमानन्द उपाध्यायले भन्नुभयो, “कति बेला जस्तालाई थिचेको ढुंगा खसेर शिक्षक, विद्यार्थीको ज्यान जाने हो टुंगो छैन्” उहाँले थप्नुभयो । 

जीर्ण भवन मर्मतका लागि जिशिकालगायतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तर पनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । कक्षा १ देखि १० कक्षा सञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दशवटा कोठा रहेका छन् । त्यसमध्ये कक्षा १, २, ३ र ६ सञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ । 

भवन जीर्ण भएपछि हावा लाग्दा, पानी पर्दा साह्रै समस्या हुने गरेको लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकले बताए । “जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थी पनि डराइडराइ अध्ययन अध्यापन गर्नुपर्ने बाध्यता छ” शिक्षक लोकश खत्रीले चिन्ता व्यक्त गर्नुभयो । 

“पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थी मिलेर त्यही छानो ओल्टाइपल्टाइ कोठा ढाकेर पठनपाठन गर्न बाध्य छाँै, त्यसलाई छोडेर अन्य ठाउँमा कक्षा शुरु गराँैँ भने कोठाको अभाव छ” शिक्षक खत्रीले भन्नुभयो । 

उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघसंस्थामा पहल गरे पनि कसैले पनि नसुनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभित्र रहेका जीर्ण विद्यालय मर्मतका वर्षेनी लाखौँ रुपैयाँ आउँछ तर हाम्रो विद्यालयलाई कसैले नहेरेको अभिभावक संघका अध्यक्ष पुरीप्रसाद हमालले बताउनुभयो । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक