२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वि.पी. चिन्तन प्रतिष्ठानद्धारा शुभकामना आदानप्रदान एव्म चियापान कार्यक्रम आयोजना

३० आश्विन २०७२, शनिबार १०:४६

असोज ३०, पर्वत । नेष्डो सुचना विभाग/वि.पि.चिन्तन प्रतिष्ठान, जिल्ला शाखा पर्वतले जिल्ला सदरमुकाम कुश्मामा शुक्रवार विजय दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदन प्रदान एवम् चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेपालीहरुको महान पर्व विजयदशमीको पुर्वसन्ध्यामा भावनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संघ, संस्था, कार्यालयका प्रमुख, सञ्चारकर्मी एवम् नागरीक अगुवाहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमको अवसर पारेर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लगायत कार्यालय प्रमुखहरुलाई स्वागत गरिएको थियो । यसरी स्वागत ग्रहण गर्नेहरुमा प्रमुख जिल्ला अधिकारी झकनाथ ढकाल, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्मा लगायत हुनुहुन्थ्यो ।
नव आगन्तुक राष्ट्रसेवक कर्मचारीलाई प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली काँग्रेस, पर्वतका पुर्व सभापति नवराज गुरुङ्ग, नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले फुल, अविर र खादाले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा विजयदशमीको शुभकामना दिंदै नेपाली कांगे्रस पर्वतका सभापती लालकाजी गरुङ्गले भारतले गरेको अघोषित नाकावन्दी र सृजित समस्यालाई सवै राजनीतिक दलहरु एकजुट भई कुटनितिक पहलवाट समधान गर्नुपर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै नेकपा एमालेका पोलीटब्यूरो सदस्य गणेश तिमिल्सिनाले नेपालमा जारी संविधान अत्यन्त समावेशी र नमुना भएकाले यसको कार्यान्वयनमा सवै राजनीतिक दलहरुको एकता आवश्यक हुने वताउनु भयो ।
उहाँले भन्नू भयो–सरकारले छिटै छिमेकी राष्ट्र भारत र तराईमा आन्दोलनरत मधेसी दलहरु विच वार्ता र छलफलका माध्यमवाट समस्या समाधान गर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै नव आगन्तुक प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले राष्ट्र सेवक कर्मचारीहरु दलीय प्रभाववाट माथि उठी विधि र विधानको परिधिभित्र रही कार्य सम्पादन गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रम वि.पि. चिन्तन प्रतिष्ठान, पर्वतका अध्यक्ष नवराज गरुङ्गको अध्यक्षता, प्रतिष्ठानका सचिव कृष्ण गौडेलको स्वागत एवम् सदस्य मोहन आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने