Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न नागरीक संस्था एकजुट हुँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>फाल्गुन २९, अर्घाखाँची | पैरवीको क्षेत्रमा काम गर्ने संस्थाहरु एकजुट हुनुपर्नेमा एक कार्यक्रमबा बत्ताले जोड दिएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखँचीको बैठकमा बक्ताहरुले सो कुरा बताएका हुन् ।<br></p><p>बैठकमा बोल्ने बक्ताहरुले स्वास्थ्यको पहुच आम नागरिक माझ पुयाउनको लागि&nbsp; सबै नागरिक अगुवाहरु एक जुट हुने पर्ने बताएका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषिको सेवामा प्रभावकारीता ल्याउन स्थानीय नागरिकको भूमिका महत्वपूर्ण भएकाले नागरिकलाई सचेत बनाउनु पर्ने बताएका थिए ।&nbsp; बोल्ने वक्ताहरुमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोज बहादुर गन्धर्व, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि सी लेकाली, अन्तरपाटि महिला संञ्जालकी अध्यक्ष सुशिला गैरे, लोकतान्त्रिक गैरसरकारी संस्थाका बाबुराम पौडेल, कमल बिश्वकर्मा, एकीकृत ग्रामीण बिकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय भुसाल, इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाल लगायतका रहनुभएको छ ।</p><p>बैठक सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक संजालका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता, पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो&nbsp; । बैठकले जिल्लामा शिक्षा स्वास्थ्य, कृषिका सवालहरुको बारेमा छलफल गर्दै पैरवीका लागि सम्बन्धित सरोकारवालाको ध्यानकर्षण गराउने समेत निश्कर्ष निकालेको छ ।</p>