२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा सरसफाई अभियान शुरु

१४ कार्तिक २०७२, शनिबार १०:२१

कात्तिक १४, पर्बत ।  कुश्मा नगरपालिकालाई पूर्ण सरसफाई क्षेत्र बनाउनको लागि शनिवार देखि सरसफाई अभियान शुरु भएको छ ।

शनिवार विहान बाट जिल्लाको सरसफाई अभियान शुरु गरिएको हो । जिल्लामा रहेका विभिन्न सरकारी निकाय तथा गरैसरकारी, राजनीतिक दलहरुको सर्वदलीय भेलाले जिल्लाको सदरमुकाम क्षेत्रलाई सरसफाई बनाउने निर्णय गरेसँगै जिल्लाको सरसफाई अभियान शुरु भएको हो ।

जिल्लालाई सरसफाई बनाउने अभियानमा शनिवार विहान प्रमुख जिल्ला अधिकारी झकनाथ ढकाल कुचो लिएर सडक सफा गर्न कुश्मा बजारको मुख्य चोक लोकतन्त्र चोकमा निस्केका थिए । प्रमुख जिल्ला अधिकारी ढकाल कुचो लिएर सडकमा एक्लै निस्केपछि लोकतन्त्र चोकबासी अचम्ममा परेका थिए । जिल्लाको सरसफाई गर्नको लागि उनी निष्केको देखेपछि उनलाई सहयोग गर्नको लागि परेका थिए ।

सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका ढकालले सोलुखुम्बुमा पनि २८ हप्तासम्म लगातार सफाई अभियान सञ्चालन गरेका थिए । उनको अगुवाईमा सगरमाथाको आधार शिबिरदेखि नाम्चे र प्रमुख पर्यटकीय रुटमा नमुनाकै रुपमा सरसफाई अभियान सम्पन्न भएको बताइएको छ ।

सोलुखुम्बु जिल्लाको सरसफाई गरेका प्रमुख जिल्ला अधिकारी ढकाल पर्वत जिल्लाको सरसफाईको लागि पनि अभियानतका रुपमानै लागि परेका बताइएको छ । कुश्मामालार्ई सफा र हराभरा बनाउन ढकाललेनै अभियान थालेको बताइएको छ ।

जिल्लाको सरसफाईको लागि आफुले नै पहल गरेको उनले बताउँछ्न् । अभियान संचालन गर्दा हल्ला खल्ला भन्दा पनि आफैबाट शुरुवात गर्न सकेमा जिल्लाको सरसफाई छिटै हुने उनले बताए । सदरमुकाम कुस्माबजार नै फोहोरको चपेटामा परेको देखेपछि आफ्नो पहिलो अभियान नै यसलाई बनाउने अठोट गरेर एक्लैले अभियान थालेको उनको तर्क छ ।

शनिवार देखि शुरु गरिएको कुश्मा बजारलाई सरसफाई गर्ने अभियान अब हरेक हप्ताको शनिवार विहान सात बजेबाट ९ बजेसम्म हुने र यसलाई अभियानकै रुपमा लग्ने बताइएको छ । अभियान सकिदाँ कुश्माका सवै टोल र चोक सफा र हराबरा हुने बताइएको छ ।

अभियानका क्रममा सार्वजनिक स्थलको फोहोर संकलन गरिने, फोहोर संकलनका लागि सबै चोक र टोलमा भाँडाहरु राखिने छ भने घरभित्रको फोहोर सडकमा नफाल्न सबैलाई आग्रह गरिनेछ बताइएको छ । कुस्माको फोहोर ब्यबस्थापन गर्नका लागि डम्पिङ्ग साइडका लागि सिफारिस गर्न समितिसमेत गठन भएको छ । समितिको सिफारिसका आधारमा डम्पिङ्ग साइड निर्माणको काम पनि थाल्न नगरपालिकालाई आग्रह गरिने भएको छ ।

कुश्मालाई पूर्ण सरसफाइ बनाउने अभियान अभियानकै रुपमानै राखि लाखौ रकम मात्रै नहोस । प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले थालेको कुश्मा सरसफाई अभियान देखाउने खसी खाने फर्सी नहोस् । यहि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ