2026-09-19 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट सप्ताह शुरु, पहिलो दिनमा एक लाखको अक्षकोषको स्थापना

फागुन ३०, पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिनको उद्घाटनमै क्लबले एक लाखको अक्षकोषको स्थापना गरेको हो । 

रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्षले आफ्नो विहेभोजको खर्च कटाएर आफ्नै गाउँमा रहेको  कुश्मा नगरपालिका १३ ठूलीपोखरीको जनता सुदर्शनमा माविमा १ लाख बराबरको अक्षकोषको स्थापना गरेका हुन् ।

उक्त विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार दिने गरी उक्त कोषको स्थापना भएको हो ।  क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा नेपालकै अग्लो तथा लामो कैयाँ झोलुङ्गे पुल परिसरमा बृहत सरसफाइको आयोजना गरेको छ । जसको संयोजकका रुपमा खिममाया पाइजा रहेकी छिन् । त्यस्तै तेस्रो दिनमा मोदी गाउँपालिका ७ तिलाहारमा रहेको नव जागृत माविका विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा लागू औषध दूव्यसनी सम्बन्धी अन्तरक्रियाको कार्यक्रम तय गरेको छ । जसको संयोजकको रुपमा शान्ति सुवेदी रहेकी छिन् ।

त्यस्तै चौथो दिन रोट्क्याट र स्थानीय जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । जसको संयोजक अर्जुनराज पुरी रहेका छन् ।  त्यस्तै पाँचौ दिनमा कुश्मा नगरपालिका १३ धुस्तुङमा शैक्षिक सामाग्री वितरण कार्यक्रम तय गरेको छ । जसको संयोजकका रुपमा उत्तम क्षेत्री रहेका छन् । 

छौठो दिनमा कुश्माको लोकतान्त्रिक चोकमा सांस्कृतिक जगर्नेन ागर्नको लागि सांस्कृतिक र्याली कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको संयोजक भिष्मा थापा र अन्तिम दिनमा समापन शत्र गरी सप्ताह व्यापी कार्यक्रम सम्पन्न हुनेछ । समापन शत्रको संयोजन गोपाल रिजाल (गोविन्द) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई