2026-08-26 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा छोरी जन्माउनेलाई नगदसहित सम्मान

मनोज दाहाल/फागुन ३०, विराटनगर | समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” शुरु गरिएको छ । 

महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु तीन हजार सहित सम्मान गर्नुभयो । समाजमा देखिने छोरा र छोरी विचको विभेद् अन्त्य गर्न महानगरपालिकाले पहिलो पटक यो अभियान प्रारम्भ गरेको हो । 

बीस वर्षपछि विवाह गर्ने नेपाली महिलाले गर्भ रहँदा नियमित चार पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ । 

यस अभियानले तराई क्षेत्रमा जनचेतना जगाउन महत्पूर्ण निर्बाह गर्ने महनगरपालिको दाबी छ । महानगरपालिकाका प्रमुख पराजुलीले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने बताउनुभयो । 

छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाकी उपप्रमुख कार्कीले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने वश्वास व्यक्त गर्नुभयो । 

तराई–मधेशमा दाइजो र सामाजिक कुरितिका कारण छोरीमाथि गरिने व्यवहारमा अझैपनि परिवर्तन आएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग