२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा आगलागीबाट ४ लाख बराबरको क्षति

३० फाल्गुन २०७४, बुधबार १२:०४

टेकबहादुर शाही/फागुन ३० डोल्पा | मुड्केचुला गाउपालीका वडा नं ६ मा पर्ने नर्कुको धुपियानामा लागेको आगोले साढे चार लाख बराबरको क्षेती गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।


 यहि सोमबार दिउसो धुपियाना नजिकैको जुँगार भन्ने बनबाट आगलागी हुदा बाग बहादुर शाही,किस्नालाल विक र तेजी ठकुल्लाको घर जलेर पुर्ण रुपले नष्ट भएको पिडीत बाग बहादुर शाहीले दुखेसो गरे । 

समयमै स्थानिय बासिन्दाहरुले आगो नियन्त्रनमा लिए पछी अन्य घरमा क्षेती हुन नपाएको स्थानीय वासिहरुले बताए । आग्लागीबाट बाग बहादुर शाहीको १ लाख ६८ हजार ५ सय, किस्नालाल बिकको १ लाख ५६ हजार र तेजी ठकुल्लाको १ लाख २९ हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारि दिए ।

आगो लागेको केहि समयमा नै नियन्त्रनमा आएको र क्षति धेरै हुन नपाएको तर आगो लगाउने व्यक्ती कोहो भन्ने अनुसन्धान कार्य भईरहेको र मानविय क्षेती नभएकोे ईलाका प्रहरी चौकी इल डोल्पाले जानकारी दिएको छ । 

आगलागीबाट घरभित्रका अन्नबाली,भाडा कुडा,लत्ताकपडा पुरै जलेर नष्ट भएको अर्का पिडित तेजी ठकुल्लाले दुख पोखे । मंगलबार ईलाका प्रहरी कार्यलय इलले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । 

नर्कुको धुपियाना भन्ने ठाउँमा बर्षको १२ महिना मध्य  करिव ६ महिना सम्मा हिउदको समयमा बसाइ गर्ने र जडो कटाउन बर्खाको समयमा पसुवस्तु पालन पोषनको लागी बस्ने गर्दैआइरेका स्थानियहरुले बताएका छन । 

गएको पौस २९ गते मुड्केचुलाकै वडा नं.९ होर्तमा आगालगिबाटै ११ घर जलेर पूर्ण रुपमा नष्ट हुदा करोडौको क्षेति भएको थियो । सुख्खा समयमा आगलागीबाट जनधनको क्षेति हुनबाट जोगाउन जिल्ला दैबिक उद्धार कोषले जनहितमा जारी सन्देश दिए पनि त्यसको भने कार्यान्वयन स्थानीय स्तरमा भएको पाइदैन । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै