१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल राष्ट्र वैकका गभर्नर भन्छन्– हामी नेपाली कहिले कताको, कहिले कताको दास नबनौं

१६ कार्तिक २०७२, सोमबार १०:१६

कार्तिक १६, पर्वत / मुलुकको अर्थतन्त्रको मियो मानिने नेपाल राष्ट्र वैकका गभर्नरले हामी नेपाली कहिले कताको, कहिले कताको दास नबनौ भनी आग्रह गरेका छन् । नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरंजीवि नेपालले भारतको नाकावन्दी पछि चीनतिर ईन्धन आपूर्तिको सम्झौता गर्नतिर लागेको अवस्थालाई इंगित गर्दै यस्तो भनाई राखेका हुन् । एक वित्तिय संस्थाको उद्घाटन गर्न आईतवार पर्वत आएका उनले हामी नेपाली स्वावलम्वन र आत्मनिर्भर हुने कि नहुने ? भनी प्रश्न तेर्साउदै यो नै सवैभन्दा ठुलो चुनौती भएको बताए ।
गभर्नर नेपालले संसारमा नेपाल जस्तै भूपरिवेष्ठित मुुलुकहरु ४९ वटा छन् तर सवै सम्पन्न र विकसित छन् तर हामी सम्पन्न हुन सकेनौ । अव हामी साँच्चै नेपाली हौ भने आर्थिकस्तरमा उठ्नै पर्छ भनी जोड दिए । भारतीय नाकावन्दीलाई गभर्नर नेपालले राष्टू निर्माणको अवसरको रुपमा लिनुपर्ने बताए ।
स्थानीय स्रोत र साधनलाई उपयोग गरी कहिले कताको र कहिले कताको दास बन्नबाट नेपालीहरु मुक्त हुनुपर्ने उनको तर्क थियो । उनले भने,(‘कहिले उत्तर र कहिले दक्षिणको भर पर्ने परिपाटी सदाका लागि अन्त्य गर्नतिर लाग्नुपर्छ ।’ मुलुकको आर्थिक विकास रेमिटान्सको भरमा हुन सक्दैन तर खाडीमा कमाएको रकमको सही सदुपयोग गरिनुपर्छ भन्ने गभर्नर नेपालको कथन थियो । विकट क्षेत्रमा बस्ने गरीव जनतालाई आर्थिक सेवा पुराई उद्यमशीलताको विकास गर्न गभर्नर नेपालले वित्तिय संस्थालाई सुझाव दिए ।

उनले सृजनशील र ईमान्दार उद्यमीलाई ऋण दिई साना र घरेलु उद्यमको विकास गर्न सुझाए । मुलुकमा केही छैन र केही भएन भनी विदेश पलायन हुने प्रवृत्ति त्याग्न सवैलाई आग्रह गर्दै गभर्नर नेपालले विदेशमा दोस्रो दर्जाको नागरिक भई बस्नुभन्दा नेपालमै पहिलो ग्रेडको सम्मानित नागरिक भई बस्न ठीक हुने राय व्यक्त गरे । नाकावन्दीको निहुँ पारेर १०० रुपैयामा पाइने सामानलाई १५० तिर्नु उपभोक्ताको मूर्खता हो भन्दै यस्तो प्रवृत्तिले आर्थिक अवस्था विग्रने चेतावनी गभर्नर नेपालको थियो ।

नाकावन्दीले नेपालीलाई दुःख भएको छ । यो दुःखलाई सहेर भएपनि आत्मनिर्भर बन्न सवैलाई आग्रह समेत उनले गरे । मुलुकमा ९ सय २ अर्व रकम संचिति रहेको उनको खुलासा थियो । पूर्व निर्वाचन आयुक्त प्रमुख निलकण्ठ उप्रेतीको वचनलाई हार्न नसकेर पर्वत आएको बताएका गभर्नर नेपालले जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन गरेका थिए ।

सो वित्तिय संस्थाको संस्थापक सदस्यमध्येमा उप्रेती समेत रहेका छन् । कुल पूँजी १० करोड रहेको वित्तिय संस्थाको प्रधान कार्यालय पर्वतको सदरमुकाम कुश्मामा स्थापना गरिएको छ । संस्थाको उद्घाटन कार्यक्रममा जिल्लास्थित जिल्ला प्रशासन कार्यालयका प्र्रमुख, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि, उवासंघका अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै