2026-08-31 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी चलान

 चैत १, चितवन | जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ । 

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो । 

कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी रहेका छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन र कैदीबन्दीलाई असुविधा भएपछि ३० जना कैदीबन्दीलाई पठाइएको काफ्लेले बताउनुभयो । 

जिल्लामा गर्मी बढ्दै जाँदा रोग फैलिन सक्ने भएकाले क्षमताभन्दा साह्रै बढी कैदीबन्दी राख्न उपयुक्त नभएकाले पनि पठाउनु परेको हो । 

हाल कारागारमा पुरुष कैदी २६२, पुरुष थुनुवा २८०, महिला कैदी २१, महिला थुनुवा ३३ तथा दुई नाबालक र दुईजना नाबालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार