2026-08-30 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

औंला काटेर फालिएका रबिन्सको सहारा बन्दै अनमोल र मिलन

चैत १, सुर्खेत | कालीकोट मुम्राका ११ बर्षिय रबिन्स बुढाको उपचारका लागि अनमोल स्मृति प्रतिण्ठानले आर्थिक सहयोग गरेको छ । २०७४ जेठ देखि बिरामी भई हाल सुर्खेत हस्पिटलमा उपचार गराइरहेका बुढाको सहयोगका लागि फाउन्डेसनले ६ हजार, ५ सय रकम सहयोग गरेको छ ।

बाँया हातका चार औंला काटेर फालीएका वालकको नेपागञ्ज, काठमाण्डौ र भारतका बिभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै घरखेत बेचेका उनका बाबुको सहाराका रुपमा कोपीला भ्यालीका मिलन कार्की भएकिछन् । उनले बिगत डेढ महिना देखि उनको खाना, वास र उपचारको ब्यबस्था मिलाएकिछन् ।

आफूसँग छोराको उपचारका लागि बिकल्प केही नभएको बेला अस्मिता फेन्सी हाउस, मिलन कार्की सँगै अनमोल स्मृति प्रतिष्ठानले लगाएको गुन कहिल्यै नभुल्ने बिराम बुढाका बुवाले भने । पत्रकार सम्मेलन पछि सहयोगी हातहरु जुट्दै गएकोमा खुसी भएका उनले सबैको सहयोगको ऋणि भएको बताए ।

अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै अन्य सहयोगी मनहरुलाई पनि बिरामी बालकको उपचारमा सहयोगका लागि आग्रह गरे । प्रतिष्ठनका अध्यक्ष सहित पदाधिकारीहरुले हस्पिटलमै पुगेर बिरामी बालकको उपचारका लागि आर्थिक सहयोग हस्तान्रण गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने