२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही जिल्ला अस्पतालमा अहेव गरेर ओजेटी गर्न आएका भरमा संचालन

१ चैत्र २०७४, बिहीबार ०८:०१

सरोज यादव | चैत १, सर्लाही | – सर्लाही जिल्लाकै ठूलो अनि प्रमुख अस्पताल सर्लाही जिल्ला अस्पतालमा  बिषेशज्ञ डाक्टर नहुदा जिल्लावासी बिषेशज्ञ स्वास्थ्य सेवाबाट बञ्चीत बनेका छन् | १५ जनाको दरबन्दी रहेको जिल्ला अस्पताल मलंगवामा अहिले अहेव गरेर ओजेटी गर्न आएका डाक्टरले धानेका छन् |

अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरु निजी क्लिनिकमा महँगो मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन् | उपकरणहरु चलाउने दक्ष प्राविधिक नहुँदा जिल्ला अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउन्ड जस्ता उपकरणहरु प्रयोग विहिन अवस्थामा त्यसै थन्काएर राखिएका छन् | 

जिल्ला आस्पतालमै निशुल्क उपचार गराउनु पर्नेमा यस्ता समस्याले बिरामीहरु निजी क्लिनिकमा महँगो मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन् | उपकरणहरु चलाउने दक्ष प्राविधिक नहुँदा जिल्ला अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउन्ड जस्ता उपकरणहरु प्रयोग विहिन अवस्थामा त्यसै थन्काएर राखिएका छन् |


एक्सरे मेसिन चलाउने प्राविधिक केही दिन अगाडी शाखा अधिकृतमा नाम निकालेर गएपछि एक्सरे मेसिन प्रयोग विहिन बनेको छ | उक्त अस्पतालमा अल्ट्रासाउन्ड चलाउने प्राविधिक हाल सम्म आएको छैन भने अस्पतालले आफ्नै हाता भित्र संचालन गरेको फार्मेसी पनि विकास समितिले न्युक्त गरिदिएको प्राविधिकको भरमै चलिरहेको बताइएको छ |

राज्यले सर्लाही अस्पतालको  मान्यता दिए पनि सोही अनुसारको जनशक्ति र प्रविधि उपलब्ध गराउन नसक्दा बिरामीमा अस्पताल प्रतिको बिश्वास घट्नुका साथै भएका जनशतिलाइ चाप बढी भएको सर्लाही अस्पताल मलंगवा मेडिकल सुपरीटेण्डेन्ट  संजिव सिंहले  बताउनुभयो |

कतिपय अवस्थामा जिल्ला अस्पतालमा सम्भव हुने समस्याहरु समेत जनशक्तिको अभावमा अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको सिंहको भनाइ छ |

जिल्ला भित्र सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको अस्पताल भएपनि बिषेशज्ञ सेवाको लागि जिल्ला बाहिर जानुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ | जिल्ला बाहिर तथा निजी अस्पतालमा जाँदा समयमै उपचार नपाइने,आर्थिक रुपमा समेत चर्को मार खेप्नु परेको उनिहरुको गुनासो छ |

मन्त्रालयको फितलो व्यवस्थाको फाइदा उँठाउदै जनताकै करबाट जागिर खाइरहेका डाक्टरहरुले जिल्लावासीको स्वास्थ्यमा थीगम्भीर खेलवाड गरीरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो