2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

चैत १, भक्तपुर | भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । 

भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले आज क्लिनिकको उद्घाटन गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्नै अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउँदै यो अवस्थामा यहाँका बासिन्दालाई लक्षित गरी निःशुल्क क्लिनिक सञ्चालन गर्नु उपलब्धिमूलक हुने बताउनुभयो । 

सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले औद्योगिक क्षेत्रका कामदार र भक्तपुरका विपन्न परिवारका लागि निःशुल्क क्लिनिकले सहयोग पु¥याउने बताउनुभयो । 

कार्यक्रममा डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने क्लिनिकमा इवामुरा अस्पतालको प्राविधिक सहयोग रहने बताउँदै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिने बताउनुभयो । 

स्वास्थ्य समस्या लिएर घरमै बस्ने तर अस्पताल नजाने धेरै विपन्न परिवार भक्तपुरमा रहेको गुनासो आएपछि टोलमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले क्लिनिक शुरु गरिएको उहाँको भनाइ थियो । आवश्यकता र बिरामीको चाप बढेमा क्लिनिक सञ्चालनको समयलाई बढाउँदै लैजाने बताउँदै शनिबार भने क्लिनिक बन्द हुने बताउनुभयो । 

क्लिनिकमा आज २०० जनाले स्वास्थ्य परीक्षण गर्नाका साथै निःशुल्क औषधि वितरण गरिएको छ । दाँत, नशा, हाडजोर्नी, स्त्री रोगलगायतका परीक्षण गरिएको थियो । 

महिलामा बढ्दो पाठेघरको समस्या 

त्यसैगरी डा इवामुरा मेमोरियल अस्पतालले चाँगुनारायण नगरपालिका–९ ताथली स्वास्थ्य चौकीमा सञ्चालन गरेको निःशुल्क पाठेघर परीक्षणमा अधिकांश महिलाको पाठेघरमा समस्या रहेको पाइएको छ । 

अस्पतालले बुधबार आयोजना गरेको परीक्षणमा ९२ जना महिलाको पाठेघरको परीक्षण गर्दा चार महिलाको पाठेघर खस्ने समस्या रहेको, अधिकांश महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र महिनावारी नियमित नहँुदा प्रसूति समस्या बढेको पाइएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता