२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा सिँचाइ सुविधा भएपछि बाहै्र महिना खेती

२०७४, १ चैत्र बिहीबार ०८:४२

चैत १, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोप्नुभयो । विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाउनुभएको हो । 

रोका मात्र होइन दुखुबेसीका करिब दुई सय घरधुरी असोजदेखि आकाशे वर्षा नभएपछि जिल्लाका अन्य ठाउँका कृषकलाई जस्तो कसरी खेतीबाली लगाउने भन्ने चिन्ताबाट मुक्त भएका छन् । सिँचाइ विकास सव डिभिजन कार्यालय म्याग्दीले दुखुखोला सिँचाइ आयोजना निर्माण गरेपछि दुखुबेसीको खेतबारीमा बाह्रै महिना नियमित सिँचाइ सुविधा पुगेको हो । 

आयोजनामार्फत दुई सयभन्दा बढी घरधुरीको २५ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले बताउनुभयो । यसअघि कच्ची नहरबाट पानी ल्याउँदा पानी चुहिएर सिँचाइ गर्न पालो लगाउनुपर्ने समस्या थियो । 

नहर निर्माण भएपछि पानी लगाउनका लागि हुने विवाद हटेको छ । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने वातावरण बनेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । ठेक्कामार्फत गत आवदेखि निर्माण शुरु भएको आयोजना लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ । 

आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सवडिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताउनुभयो । समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्य अघि नै काम सकिएको उहाँको भनाइ छ । 

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । मुख्य नहर बने पनि शाखा नहर र पाइप लाइन विस्तारको आवश्यकता देखिएको दुखुबेसीका कृषकले बताएका छन् । 

आचार्यले उपभोक्ता समितिमार्फत शाखा लाइन विस्तार गर्ने योजना बनाए पनि यस वर्ष बजेट कटौतीका कारण समस्या भएको बताउनुभयो । उपभोक्ता समितिमार्फत रु १२ लाखको काम गर्ने योजना बनाइए पनि बजेट नआएपछि स्थगित गरिएको उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै