कार्तिक २२, पर्बत / जुवाको खालबाट खेल्दाखेल्दै प्रहरीको फन्दामा परेकालाई कानूनी प्रक्रिया अनुसार अदालत पठाईएको छ । उनीहरुलाई जुवा तास ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको हो । पर्बत कु.न.पा ९ बस्ने चेत नारायण शर्माको घरबाट ८ जना जुवाडेलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार नियमित रुपमा जुवा अखडाको रुपमा खेलाउदै आएको भन्ने सुचनाको आधारमा शर्माको घरबाट जुवाडेहरु पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको १० जनाको प्रहरी टोलीले छापा मार्र्दा तास खेलिरहेको अवस्थामा तास सहित रु.४३,४००। रुपैया भेटिएको थियो ।
प्रहरी कार्यालयले सामाजिक अपराध कम गर्न जुवातास र मदिरा सेवनका विरुद्ध अभियान छेडेको छ । यसअघि पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले कारवाही गरेको थियो । नजिकिदै गरेको चाड दिपावलीको अवसरमा हुने पटकाबाजीलाई समेत निषेध गर्न प्रहरी कस्सिएको छ ।