जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 जिल"/>

2026-08-26 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: बसपार्क बाहिर सवारी साधन राखे स्पटमै कारबाही

चिसाङ शेर्पा/चैत्र १ खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बसपार्क भन्दा बाहिर सवारी साधन पार्किङ गरे स्पटमै कारबाही गर्ने चेतावनी दिएको छ ।

 जिल्लामा तीन बसपार्क हुँदाहुँदै दिक्तेलका रत्नपार्क क्षेत्रमा बस तथा जीप पार्किङ गर्नेक्रम नरोकिएको भन्दै नगरपालिकाले जथाभाबी पार्किङमा कडाई गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको बसपार्कमा पार्किङ गर्नका लागि पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेको पाइएपछि नगरपालिकाले बुधबार ६ वटा बसको चाँबी खोसेको थियो । यातायात व्यवसायीलाई आचार्य गाउँ र सोल्मा बसपार्कमा बस तथा जीपलाई हाटडाँडामा पार्किङ गर्न भने पनि बेवास्ता गर्दै रत्नपार्क क्षेत्रमै सवारी साधन राख्ने गरिएकाले अन्तिम चेतावनी दिईएको मेयर दिपनारायण रिजाल बताए । 

सडकमा पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुको आवतजावतमा असर पु¥र्याएको तथा बजार अव्यवस्थित देखिएको भन्दै नगरपालिकाले पटक–पटक हरेक सवारी साधनलाई बसपार्कमा लैजान आग्रह गर्दैआएको छ । 

यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङले अस्थायी रुट पर्मिट लिएर मात्र सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । गाईघाट–बुईपा–दिक्तेल–टेम्मा–पञ्चमी–खोटाङबजार सडक, दिक्तेल–कटारी–लहान–धरान, दिक्तेल–कटारी–लहान–इटहरी–बिराटनगर, कटारी–दिक्तेल–मात्तिम–खिदिमा, दिक्तेल–कटारी–काँकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–इटहरी–काकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर र खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर सडकमा रुट पर्मिट लिएर मात्र सवारी साधन चलाउन व्यवसायीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग