२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कैदीका लागि एक लाखको कल्याणकोष

१ मंसिर २०७२, मंगलवार ०३:२३

मङ्सिर १, पर्बत । पर्वत कारागारमा रहेका कैदीबन्दीका लागि कल्याणकोष स्थापना गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनका काम गर्न आर्थिक सहायता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालयको पहलमा सामुदायीकम सेवा समाज पर्वत मार्फत एक लाख बराबरको कल्याण कोष स्थापना गरिएको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय समाजसेवीहरुको सहयोगमा कोष स्थापना गरिएको प्रहरी नायव उपरीक्षक गंगा पन्तले बताएकी थिइन् । कल्याणकोषबाट निश्चित रकम लिएर कैदीबन्दीले कारागारभित्रै उद्यम गर्न सक्ने र त्यसबाट प्राप्त आम्दानीले घरपरिवारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको प्रहरी नायव उपरीक्षक पन्तले बताइन् । कारागारबाट निस्केपछि पनि जीवनयापनका लागि उपयोगी सीप सिकेर जान सक्ने भएकाले यसलाई संस्थागत रुपमै विकास गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।

कैदीबन्दीले बाँसको मुढा, प्लाष्टिकका पेटी, नाम्लो लगायतका सामग्री तयार पार्दै आएका छन् । यस्ता सामग्री तयार पार्नका लागि बाँस किन्न समेत पैसाको अभाव हुने भन्दै लामो समयदेखि कैदी बन्दीले कल्याणकोष मार्फत ऋण सहयोगको व्यबस्था गर्न माग गर्दै आएका थिए । कार्यक्रमा शान्ती सुरक्षाको वर्तमान अवस्था तथा भावीरणनिती एवं सिसि टिभि व्यवस्थापन, महिला हिंसा, जिल्ला प्रहरी कार्यालय पर्वतको बर्तमान अबस्था भावी चुनौति लगाएतका विषयमा छलफल समेत गरीएको थियो । कार्यक्रममा प्रनाउ पन्तले जिल्लामा रहेको शान्ति सुरक्षा र प्रहरीेको अबस्था र चुनौतिको बारेमा जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव