२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोड उद्योग वाणिज्य संघमा प्रसाई मनोनित

२ चैत्र २०७४, शुक्रबार ०८:३३

चैत २, बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् । 

वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली ट्रेडर्स एण्ड मल्टिपल सप्लायर्सका म्यानेजिङ डाइरेक्टर रहेका प्रसाईंलाई तीन वर्षे कार्यकालका लागि कार्यकारिणी सदस्य पदमा मनोनित गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । 

मनोनयन पछि बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष भट्टराईले उद्योगी, व्यवसायीको हकहित संरक्षण र प्राप्तीमा प्रसाईंको भूमिका फलदायी हुने विश्वास व्यक्त गरे । संघको कार्यकारिणी सदस्यमा मनोनयनले आफुलाई हर्षित तुल्याएको प्रसाईंले बताएका छन् । आफूले निर्वाह गर्दै आएको भूमिकाको सही मूल्यांकन गरेकोमा अध्यक्ष भट्टराई तथा वाणिज्य संघप्रति प्रसाईंले धन्यवादसमेत ज्ञापन गरेका छन् । उनले संघको कार्यसमितिमा नयाँ ढंगले सहयोग गरेर जाने र व्यापारीलाई पर्ने समस्यामा राजनीतिबाट माथि उठेर निष्पक्ष र निडर भई अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । 

३२ वर्षीय प्रसाईं वीरता जेसीज लगायत आधा दर्जन सामाजिक संस्थामा छन् । त्यस्तै सानो संसार ल्याण्ड एण्ड हाउजिङका प्रबन्धक निर्देशक समेत रहेका प्रसाईं आधा दर्जनबढी व्यवसायिक संस्थामा आबद्ध छन् । डेनमार्क र नर्वेबाट वाणिज्य संकायमा स्नातक गरेका रोशन समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईंका ज्येष्ठ सुपुत्र हुन् । 

उनी राउण्ड टेबल बिर्तामोड, नेपाल रेडक्रस सोसाइटीको सदस्य तथा पूर्वेल युवा क्लवको कोषाध्यक्ष हुन् । त्यस्तै हार्डवेयर व्यवसायी संघको सदस्य, प्रोपर्टी डिलर्स एसोसिएसनको सदस्य, सानो संसार कन्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर, टपकोन टेक्निकल सोलुसनको अध्यक्ष, एन्टिना टे«ड एण्ड टेक्नोलोजीको सञ्चालक, माता पाथीभरा हार्डवेयरको सञ्चालक समेत रहेका छन् । 

वाणिज्य संघका अध्यक्ष भट्टराईले मनोनित गर्ने दुई सदस्य पदमध्ये यसअघि एजाज अहमद अन्सारीलाई मनोनित गरिसकेका छन् ।  यो मनोनयसँगै बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो