2026-10-31 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: पशुपालनबाट मासिक १ लाख आम्दानी गर्छन् गिरी

 चैत २, कपिलवस्तु | वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु एक लाख आम्दानी गर्दैआउनुभएको छ । 

चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआउनुभएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्कनुभएको हो । उहाँले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आउनुभएको छ । कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अङ्गाल्नुभएको हो । उहाँले १५० वटा बाख्राबाट व्यवसाय थाल्नुभएको हो । 

हाल उहाँले २२ वटा भैँसी र गाईसमेत पाल्नुभएको छ । बाख्रापालनबाट वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानीे गरिरहनुभएको छ । “दूध बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । 

तीन बिघा पाँच कट्ठा जमिनमा उहाँले पशुपालन गर्नुभएको छ । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उहाँको छ । उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा गिरी हुनुहुन्छ । उहाँले व्यवसायमा अहिलेसम्म रु ५५ लाख लगानी गरिसक्नुभएको छ । 

“विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषि व्यवसायमा हात हालेको हुँ,” उहाँले भन्नुभयो । गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गर्नुभएको हो । 

“राज्यले ऋणमा सहुलियत दिनुपर्छ”, उहाँले भन्नुभयो । व्यावसायिक पशुपालनसँगै उहाँले माछापालन समेत गर्दैआउनुभएको छ । उहाँलाई बिक्रीको कुनै चिन्ता छैन । उहाँले फार्ममा खरी, जमुनापारि, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पाल्नुभएको छ । भैँसी स्थानीय जातका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय