2026-09-18 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लामा यो विपद हैन : ढकाल

मङ्सिर २, पर्वत / पर्वत जिल्लाले कुनै पनि विपदले निम्त्याएको समस्यासँग जुध्न नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र त्यसपछि जिल्लामा जतिपनि भौतिक संरचनामा क्षति भयो त्यो अन्य जिल्लामा भएको क्षतिको भन्दा कम भएको बताउँदै जिल्लाको संन्दर्भमा भौतिक क्षति हुनु खासै विपद नभएको उनको तर्क छ । “ विपद भनेको आफैले त्यसको सामाना र समस्याको समधान गर्न नसकि विभिन्न सरकारी निकाय तथा अन्तराष्ट्रिय निकायको सहयोग चाहिनेलाई विपद भनिन्छ, जिल्लामा अहिलेसम्म अन्तराष्ट्रिय समुदायको सहयोग माग्नुपर्ने खालको कुनै पनि विपद आएको छैन ” उनले भने ।

ph

 

पर्वतमा आफ्नो घर हुदाँ हुदैपनि भुकम्पले भत्कीएको भनी राजनीतिक दलको सिफारिसमा धेरैले सरकारले बाँडेको राहत लिएको भन्दै “बाटोमा हिड्दै गरेको मान्छे लोट्यो र ऊ उठ्न पनि सक्छ तर ऊसले आफुलाई विपद आएको बताउँदै सहयोग माग्छ उनले कटाक्ष गर्दै भने । आफै कुनै पनि समस्याको समधान गर्न सकिन्छ भने त्यो विपद र्हैन तर यहाँ भु्कम्पको नाउमा सरकारलाई लुट्ने खेल देखियो ढकालले भने । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजना तथा आइसीआर्सीको सहयोगमा संचालन भएको ६ दिने जिल्लामा भएको विपद व्यवस्थापन सम्बन्धी शु्रु भएको तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जिल्लामा विपदलाई “भान्जाको निउले मलाई पनि घिउ ले ” भैरहेको उनको तर्क छ । विपद. व्यवस्थापन सम्बन्धी जिल्लामा संचालन गरिएको कार्यक्रमले जिल्लामा कुनै आपतकालिन मानवीय साहेता चाहिने खालका घटना सिर्जना भए त्यसको समधान गर्नको लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभापति रिमालले अन्यत्रै जान लागेको तालिम आफ्नो जिल्लामा आएका कारण यसलाई विशेष महत्वका साथ लिनको लागि आग्रह गरे । उक्त तालिममा १८ बर्ष भन्दा माथि र ४५ बर्ष भन्दा मुनीका लाई प्रक्षिण दिइने सोसाइटीले जनाएको छ । कार्यक्रममा शुभकामना सोसाइटीका उपसभापति डा च्ुडामणि शर्माले गरेका थिए भने तालिमको बारेमा प्रशिक्षक शंखर रेग्मीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन उपमन्त्री पिताम्बर शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई