Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल पत्रकार महासंघ बाराका अध्यक्षद्वारा पुर्वउपाध्यक्ष पाण्डेको चरित्रहत्या गरेको आरोप

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

अरुणकुमार साह | चैत ३, कलैया | पर्सा जिल्ला निवासी तथा नेपाल पत्रकार महासंघ शाखा बाराका अध्यक्ष कलम कुमार उपाध्यायले बाराका संचारकर्मि तथा शाखा बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेलाई फेसबुक म्यासेन्जरमा अभद्र शब्द लेखी पाण्डेयको चरित्रहत्या गर्ने प्रयास गरेका छन् ।

अध्यक्ष उपाध्यायले आफ्नो ब्यत्तिगत रिसवि कारण पाण्डेलाई भोजपुरी भाषामा “पाण्डे जी का हँ इ साँझेदारी के घोटाला” र दोश्रो हरफमा “केतना दलाली देनी ह घोटाला करेमे” लेखेका छन् ।

अध्यक्ष उपाध्यायको यस अभद्र क्रियाकलापको प्रतिउत्तरमा पाण्डेले पनि भोजपुरी भाषामै “दलाली अपने के फाँट ह, बारा पर्सामे दोसर लोग ना करे सकि, हमरा कुछो जानकारी ना बा लेखेका थिए ।

पुर्वउपाध्यक्ष पाण्डेले कलैयालाईभ संग कुरा गर्दै अध्यक्ष उपाध्यक्षले कलैया उपमहानरपालिकाको मातहतमा रहेको कलैया स्थित घण्टाघरको प्राङ्गगनमा रहेको सटर (कोठा) बारे चासो लिँदा र बाराका सकृय संचारकर्मिसंग कलैया उपमहानरपालिका का मेयर राजेश यादवलाई कोठा उपलब्ध गराउँन ज्ञापनपत्र दिँदा उपाध्यक्षले यस किसिमको अभद्रता गरेको आरोप लगाए ।

के हो सटर बिबाद ?

स्व. बिनोद प्याकुरे नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष भएको बेला नेपाल पत्रकार महासंघ शाखा बाराको आफ्नै भवन नहुँदा कार्यालय संचालनका निम्ती तत्कालीन कलैया नगरपालिकाले घण्टाघर भित्र रहेको सटर (कोठा) शाखा बारालाई उपलब्ध गराएका थियो ।

केही समय पश्चात कलैया मोतिबाग स्थित शाखा बाराको आफ्नै भवन निर्माण भएपछि शाखा बारा आफ्नै भवनमा सरेको थियो ।

शाखा बारा सरेपछि पश्चात कृपा प्रकाशन समुहले एकलोटी रुपमा त्यस सटरमाथि कलैया उपमहानरपालिकाको कर्मचारीहरुको संरक्षणमा कब्जा गरेको आशंका गरिएको  छ ।

सार्वजनिक रुपमा माँफि माग्न पाण्डे मांग

कलैयालाईभ संग कुरा गर्दै पुर्वउपाध्यक्ष पाण्डेले शाखाका अध्यक्ष उपाध्यायले यस अभद्र कृयाकलापप्रति माफि माग्नु पर्ने मांग गरेको छन् । आफु सधै बाराली संचारकर्मिहरुको हकहितका लागि अग्रसर रहेको र हाल सम्म कुनै अनैतिक कृयाकलापमा संकलन नरहेपनि अध्यक्ष उपाध्यायले म माथि यस्तो गम्भिर आरोप लगाई मेरो चरित्र हत्या गरेका छन् र अध्यक्ष उपाध्यायले मांफि माग्नै पर्ने बताए ।