२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले जित्न सकेन प्रतिष्ठाको लडाइँ, नेदरल्याण्डसँग ४५ रनले पराजित

२०७४, ३ चैत्र शनिबार १४:२४

चैत ३, काठमाडौँ | विश्वकप छनोटको प्ले अफ म्याचमा नेदरल्याण्ड्सले नेपाललाई ४५ रनले पराजित गरेको छ । 

नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरसम्मको खेलमा अल आउट हुँदा नेदरल्याण्ड बिजयी भएको हो । 

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो । नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २-२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका थिए ।


नेपालका लागि खेलमा ओपनर ज्ञानेन्द्र मल्लले ४ रन, अनिल शाहले ८ रन, कप्तान पारस खड्काले २२ रन, दिपेन्द्र सिङ एरिले २५ रन, अरिफ सेखले ५ रन, सोमपाल कामीले सर्वाधिक ३६ रन, करण केसीले १३ रन ल्याएका थिए | रोहित कुमार र शक्ति गौचनले भने कुनै रन बनाउन सकेनन | यस्तै सन्दिप लामिछानेले नट आउट रही १४ रन जोडे भने अन्तिममा आउट बनेका ललित राजबंसीले २ रन मात्र बनाए | 

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना