2026-09-13 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा लामखुट्टे आतंक, नगरपालिका मस्त निद्रामा

बिनय यादव | चैत ३, सिरहा | गर्मी सुरु भएसंगै मिर्चैयामा लामखुट्टे आतंक फैलिएको छ । गर्मी महिनामा बढी हुने लामखुट्टेको टोकाइबाट मिर्चैयाबासी हैरान भएका छन् । लामखुट्टेको आतंक बढेपछि पिडित बनेका मिर्चैयाबासी यसको निराकरणको प्रयास नहुँदा झनै समस्यामा परेका छन् ।

नगरपालिकाको नाला तथा खाल्डोहरुमा पानी जमेर बिकराल रुपमा बढेका लामखुट्टेहरुले बिहान, बेलुकादेखि रातीसम्म आतंक मच्चाउन थालेपछि त्यसबाट डेंगु, मलेरिया लगायतका रोगहरु बढ्न सक्ने आशंका स्वास्थ्यकर्मीहरुले बताउछ्न् ।

नगर क्षेत्रभित्र बढेको लामखुट्टे नियन्त्रण गर्न मिर्चैया नगरपालिका कार्यालयले कुनै पहल नथालेपछि समस्या झनै बढेको स्थानीयहरुले बताए । एक स्थानीयले भने, ‘अब त खाना खाने, पढने, टिभि देख्ने, सुत्ने देखि लिएर शौच गर्ने समयमा समेत लामखुट्टेहरुले टोक्न थालेका छन्, दिनदिनै गर्मि बढी रहेकोे छ, लामखुट्टेकै कारण खुल्ला ठाँउमा बस्न समेत नसकिने भइयो’ घर भित्र पनि साँझ पर्नासाथ झुलमा बस्नु परेको बाध्यता छ ।’ लामखुट्टेका कारण आफुहरुको दैनीक समस्यामा परेको भन्दै त्यसको समाधान गर्न स्थानीयले नगरपालिकासँग माग समेत गरे ।

नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका नाला र फोहरको उचित व्यवस्थापन नहुँदा बढ्दै गएको लामखुट्टे आतंकलाई नियन्त्रण गर्न नगरपालिका कार्यालयले औषधि नछर्दा समस्या झनझन बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन