२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सार्वजनिक शौचालय उद्घाटन

४ चैत्र २०७४, आईतवार ०७:५०

चैत ४, सिराहा। खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रासद यादवले बताए । 


जिल्ला अस्पताल परिसरमा नवनिर्मित सार्वजनिक शौचालयको उद्घाटन गर्दै उनले नगरक्षेत्रभित्रका बासिन्दाहरुले आ–आफ्नो घरमा चर्पी निर्माण गरेर प्रयोगलाई नियमितता गरेको अनुगमनले देखाएपछि खुल्ला दिशामुक्त नगर घोषणा गर्न लागिएको जनाए । 

उनले खुल्ला दिशामुक्त र पूर्ण सरसफाई अभियानलाई बस्तुगत रुपमा पूर्ण सफलताका लागि सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय बनाउनुपर्ने अपरिहार्यतालाई स्वीकारेर नगरपालिकाले विभिन्न दातृ निकायसँग सहकार्य गर्दै नगरक्षेत्रभित्र सार्वजनिक शौचालय संचालनमा ल्याएको थपे । 

संचालनमा रहेको शौचालयलाई व्यवस्थित गर्ने सवालमा केही त्रुटि रहेको स्वीकार गर्दै उनले सम्बन्धित वडा तथा त्यहाँका बासिन्दाहरुसँगको सहकार्यमा देखा परेका समस्यालाई समाधान गर्नेतिर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

‘धेरै सार्वजनिक शौचालय ‘म’ हुनुभन्दा अगाडि नै बनेका छन् । त्यसको संचालन र व्यवस्थापनमा केही त्रुटि छन,’ उनले भने,‘नगरक्षेत्रभित्र बनेका सबै सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन र व्यवस्थापन क्रमिक रुपमा गरिनेछन् ।’ सार्वजनिक शौचालयलाई नोक्सान पुग्ने गरी कुनै पनि क्रियाकलाप गरेको फेला परेमा सम्बन्धित व्यक्तिलाई कडा कारवाही गरिने उनको भनाई छ । 

शौचालयको ढोका खोलेर सिरहा नगरपालिकाका मेयर यादवले उद्घाटन गरेको हो । सो अवसरमा वडा नं.१ का अध्यक्ष महेश कुमार यादव र वडा नं.७ का अध्यक्ष उपेन्द्र साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष नविन कुमार यादव लगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । 

खानेपानी, सरसफाई तथा डिभिजन कार्यालय लहान सिरहाले निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको सिनपाका वातावरण शाखाका प्रमुख सुरेश चौरवारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य