Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा तीन घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी

२०७४, ४ चैत्र आईतवार ०८:०५

चैत ४, पर्वत | सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् । 

पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययनका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नु छ । पाखापानीमा माध्यमिक तह तीन वटा भए पनि दश जोड दुई सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययनका लागि टाढा जानु परेको हो । पाखापानीका सिम्ले, भण्डारीथर, कोखे, चौडिल्ला लगायतका बस्तीका विद्यार्थी बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्न र फर्किंदा डेढ घण्टाभन्दा बढी हिँडेर घर आउन बाध्य भएका हुन् । 

बस्तीभन्दा विद्यालयको दूरी टाढा छ । लामतुनमा रहेको जनविकास माविमा पुग्नुपर्ने उनीहरुको बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढे पनि दश जोड दुईका कक्षा नहुँदा टाढा हिँडेर जानुपर्ने बाध्यता रहेको कक्षा १२ मा अध्ययनरत राहुल भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता छ । उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर पर्ने गरेको र ग्रामीण भेग भएकाले सवारीसाधनको व्यवस्थासमेत नभएको उहाँको गुनासो थियो ।” 

त्यस्तै सोही स्थानकी विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको छ भन्दै उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरि पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो तर टाढा हुँदा न त बिहान पढ्ने समय नै हुन्छ न त घरको काम गर्ने ।” विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको वडा सचिव झलकशर्मा पौडेलले बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, पौडेलले भन्नुभयो । “कि त महाशिला गाउँपालिका–५ मा रहेको महेन्द्रज्योति उच्च माविमा पुग्नु पर्छ,” उक्त विद्यालयमा जानका लागि पनि यति नै समय लाग्ने पौडेलले जानकारी दिनुभयो । 

भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षा हुँदाको दिन पहिरोको डरले त्यहाँ नजाने गरेको अर्की विद्यार्थी सृजना क्षेत्रीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ साथी नपाउँदा एक्लै जानसमेत समस्या छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले बताउनुभयो । दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ । 

विद्यालयका प्रअ चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालयमा आइसकेपछि मात्र पठनपाठन शुरु गर्ने गरेका छाँै,” नजिकका विद्यार्थी चाँडो आए पनि केही समय पर्खेर, उनीहरु आउने÷नआउने निधो गरेर पढाउन शुरु गरिने प्रअ क्षेत्रीले बताउनुभयो । सिंगो वडाकै एउटा मात्र दश जोड दुई सञ्चालन भएको विद्यालय भएकाले विद्यार्थीको संख्यासमेत धेरै छ । अहिले प्लस टू मा मात्रै १५० विद्यार्थी रहेको विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना