कचनकवल धेरै समस्यामा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कचनकवल धेरै समस्यामा ग"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण

४ चैत्र २०७४, आईतवार १२:२६

कचनकवल, चैत ४। नेपालकै होचो भूभागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रको समस्याको चाङ उजागर गरेका छन् । 


कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

 स्थानीय तह निर्वाचनपछि जनताको अपेक्षा अत्यधिक रहेको तर, त्यस अनुसार काम गर्न विभिन्न समस्या आइपरेको त्यहाँका जनप्रतिनिधिले औल्याएका छन् । 

संवाद समूह झापाको संयोजनमा आज आइतवार गाउँपालिका कार्यलयमा भएको छलफलमा गाउँपालिका अध्यक्ष अन्जार आलामले कानूनी अन्यौलता, जनशक्ति अभाव, स्रोत र साधनको अभाव, हात्ती आतंक, नागरिकता, विकास निर्माणको समस्या रहेको बताए । 

उनले कचनकवलका वासिन्दाको स्वास्थ्यमा पहुँच नरहेको, विकासमा धेरै पछाडि परेको बताउँदै अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने जनाए । त्यसका लागि सरकारले कचनकवललाई विशेष प्राथमिकतामा राखेर हेर्नु पर्ने बताए । उनले प्रधानमन्त्री कृषि परियोजना प्रभावकारी हुन नसकेको र स्थानीय तहले परियोजनासँग समन्वय नगरेको गुनासो समेत पोखे । 

गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशीले आन्तरिक तथा बाह्य समस्या बारे जानकारी गराइन् । विवाद समाधानमा आवश्यक तालिम, जनशक्ति र स्रोतसाधनको अभाव रहेको उनको गुनासो थियो । आदिवासी बाहुल्य सो क्षेत्रमा चेतनाको स्तर कम रहेको, विरीङ खोलामा झुलुङ्गे पुलको आवश्यकता, शिक्षा र स्वास्थ्यमा पहुँच अभिबृद्धि, नागरिकता लगायतका समस्या औल्याइन् । 

समस्यासँगै उनीहरुले कचनकवल देशकै होचो भूभाग, भारतीय सीमावर्ती क्षेत्र, सिमसार क्षेत्र, मन्दिर, वनजंगल लगायत पर्यटन पूर्वाधारका थुप्रै सम्भावना बोकेको क्षेत्र भएको समेत बताए । कचनकवललाई पर्यटन क्षेत्रको रुपमा रुपान्तरण गर्न सरकारले विशेष बजेटको व्यवस्था गर्न उनीहरुको माग छ । 

गाउँपालिकाका कार्यकारी अधिकृत रेखनाथ दाहालले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरेको, कानून बनाउन नसक्नु जस्ता समस्या औल्याए । कचनकवल गाउँपालिका वडा नं. १का अध्यक्ष लक्ष्मीनारायण यादव, २का अध्यक्ष मेखबहादुर भट्टराई, ३का अध्यक्ष विजय राजवंशी, ४का अध्यक्ष महेशलाल गणेश, ५का अध्यक्ष परमानन्द राजवंशी, ६का अध्यक्ष कुलबहादुर कार्की र ७ का अध्यक्ष भरत राजवंशीले आआफ्नो वडाको समस्या तथा चुनौति बारे अवगत गराएका थिए । 

उनीहरुले मेची नदी र विरीङ नदीमा तटबन्ध, बाटो, विद्युत्, खानेपानी, स्वास्थ्य, सुरक्षा, सञ्चार, शिक्षा, पुल जस्ता समस्याहरु औल्याएका छन् । त्यस्तै कचनकवलमा छोटी भन्सार कार्यालयको समेत माग गरेका छन् । भन्सार नहुँदा स्थानीय व्यापारीले भारतबाट ल्याएको थोरै सामान पनि प्रहरीले जफत गरेर समस्या उत्पन्न हुने गरेको उनीहरुको भनाइ छ । त्यस क्षेत्रका संघसंस्थाले गाउँपालिका प्रति बढी अपेक्षा गर्दा बजेट विनियोजनमा समस्या र विवाद उत्पन्न हुने गरेको समेत उनीहरुले बताए । 

राजनीतिक दलहरुको भने राम्रो समन्वय र सहयोग रहेको भन्दै कचनकवलका जनप्रतिनिधिले प्रशंसा गरे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेल र युवा समूहका सदस्य नवीन ढुंगानाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो