सुस्ता गाउँपालिका व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुस्ता गाउँपालिका व"/>

2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतले नेपालको भुमि नारायणी नदीमा बाधँ निर्माण गर्दै, नेपाली प्रशासन बेखबर

श्याम थापा/फाल्गुन ५, सुस्ता | भारतद्धारा हेपाप्रबृतिले नारायणी नदीमा बाधँ निर्माण कार्य गर्दै आएको छ | यता नेपाली प्रसाशन बेखबर बनेको छ ।

सुस्ता गाउँपालिका वडा न.४ नर्सही स्थित नारायणी नदी ठोक्कर न.१२ को पुर्व तर्फ नारायणी नदि पारी शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण भारत बिहारको कम्पनीले नेपाल तर्फ करिब ३०० सय मिटर नारायाणी नदीको नेपाली जग्गालाई मिची बाध निर्माण कार्यहरु गर्दै आएको छ ।

 सो कार्यहरु भैरहेको बारे नेपाली प्रशासन बेखबर बनेको छ । शक्ति कुमार कम्पनीले नारायणी नदीमा नेपालको करिब ३०० सय मिटर नारायणी नदीको जग्गामा धमाधम बाधँ निर्माण कार्य भैरहेको भन्दै नर्सहीबासीले आपती पनि जनाएका छन । नर्सहीको स्थानियबासीहरु शक्तिकुमार पश्चिमी चम्पारण भारत बिहारको कम्पनीले गरेको बाधँ निर्माण कार्य नेपाल तर्फ भैरहेको भन्दै रोक्न जादा भारतिय प्रहरी प्रशासन आएर नेपालीहरुलाई धाक धम्की दिने र यो काम हाम्रो भारत तर्फ भैरहेको भन्दै लखटने गरेको स्थानियहरुको गुनोसो रहेको छ । स्थानियबासीको पटक पटक गुनोसो पछि कार्य स्थलमा रिपोटिङ्ग गर्न जादा भारतिय बिहार प्रहरी र शसस्त्र प्रहरी(एस.एस.बि)ले भैरहेको बाधँ निर्माण कार्य हाम्रो भारत तर्फ कार्य भैरहेको भन्दै कार्य स्थलको फोटो खिच्न समेत दिएन । 

हेपा प्रबृतिले निर्माण गर्दै गरेहेको बाधँको कार्यले नेपालको करिब ३०० सय मिटर जग्गा मिच्नुको साथ साथै नेपाली भुमीको टहस नहस नै पार्ने नर्सहीका स्थानियबासीहरुको भनाई रहेको छ । नेपाली प्रशासन बेखबर भएको भन्दै स्थानियबासीहरुले आपती पनि जनाएका छन । सो बाधँ निर्माण कार्यलाई तत्काल नेपाली प्रशासनले रोक लगाई दुई देशको सम्बन्ध सुधारका लागी र भावी दिनमा कुनै प्रकारको घटना हुन बाट जोगाउनको लागी स्थानियबासीहरुले नेपाली प्रशासनलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो