Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लमजुङको एक बालगृहलाई ४० लाख दान

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ५, लमजुङ | </b>लमजुङको एक बालगृहमा रु ४० लाखभन्दा बढी रकम सहयोग जुटेको छ । बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा अक्षयकोष स्थापनार्थ सो सहयोग प्राप्त भएको हो ।&nbsp;<br></p><p>संस्थाकी अध्यक्षसमेत रहनुभएकी बेसीशहरकी सानुमाया गुरुङले रु ४० लाख ११ हजार १११ दान गर्नुभएको हो । संस्थापक अध्यक्ष स्व लेखनाथ अधिकारीको पाँचाँै स्मृति दिवसको अवसरमा आइतबार उहाँले सो रकम प्रदान गर्नुभएको हो ।&nbsp;</p><p>गुरुङले आफूले पाएको पुख्र्यौली पेवा बिक्री गरी बालगृहमा दान गरेको बताउनुभयो । “अभिभावक नभएका कुनै पनि बालबालिका बाल अधिकारबाट वञ्चित नहोऊन्”, गुरुङले भन्नुभयो “उनीहरुको पालनपोषण र शिक्षादीक्षामा बालगृहले सहयोग गर्नुपर्छ ।” गुरुङसँगै स्थायी घर गिलुङ भई हाल पोखरा बस्ने राधादेवी घलेले रु १० हजार एकसय, बेसीशहर–८ निवासी पार्वती श्रेष्ठले स्वर्गीय श्रीमान् नन्दमान श्रेष्ठको सम्झनामा रु १० हजार १११ र हाल पोखरी बस्ने उस्ताकी वर्तामाया घलेले रु १० हजार १०० सहयोग प्रदान गर्नुभएको थियो । २०६० सालबाट सञ्चालन गरिएको उक्त बालगृह हाल मुट्ठीदानबाट सञ्चालनमा रहेको छ । रासस</p>