सुईटर, मोजा, कु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुईटर, मोजा, कु"/>

2026-09-08 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

होजियारी उद्योगबाट मासिक ५० हजार आम्दानी

नन्द बहादुर रोकाया/चैत ५, मुगु | छाँयानाथ रारा नगरपालिका वडा नम्बर पाँचकी ४० वर्षिया धनमाया सिंह रारा होजियारी उद्योग चलाइरहनु भएको छ । 

सुईटर, मोजा, कुसन, लेस, गमला जस्ता साम्रगी उत्पादन गरी मुगु र मुगु बाहिरका जिल्लामा बेच्नु हुन्छ । २०५७ सालदेखि काटीले, कुरुसले बुन्दै बेच्ने उहाँले उन को सामाग्रीको व्यवापार रामै्र भएको देखेपछि २०६४मा उद्यम नै खोलर उनको सामाग्री उत्पादन गरिरहनुभएको हो । 

उन बाट बन्ने एक सय वटा सामाग्रीहरु बनाउने धनमायाले सिजनको बेला कर्मचारीको तलब र उद्योगको खर्च कटाएर महिनामा ५० हजार रुपैँया सम्म बचाउनु हुन्छ । शुरुमा घर बाटै आफन्तको सहयोगमा उन बाट मोर्ज, सुईटर बनाउन सिकेकि धनमायाले बिस्तारै जिवन परिर्वतनको लागी बाटोका रुपमा रोज्नुभएको हो  । उहाँ भन्नु हुन्छ मुगुमा आज सम्म १५ सय भन्दा बढी जना लाई आफुले सिप सकाएको र अहिले धेरैले रोजगारीको माध्यामा का रुपमा लागु गरेको बताईन । 

अहिले धनमायाले रारा होजियारी उद्योगमा अरु महिलालाई पनि सीप र रोजगारी दिनु भएको छ । जुम्ला चन्दननाथ नगरपालिका ९ की टेउकी सार्कीपनि यही उद्योगमा काम गर्नुहुन्छ । ३५ वर्षिया टेउकी भन्नुहुन्छ”पहिले श्रीमानको कमाईको भरमा थिएँ, अब त आफैं कमाउन सक्नु भएकी छु ।” 

रारा होजियारीमा अहिले दुई जना पुरुष र तिन जना महिलाले काम पाएका छन् । काम सिक्न चाहानेले निशुल्क तालिम लिन पाउँछन् ।  सोरु गाउँपालिका ३ नार्थपु कि भावना मल्लधनमायाको उद्योगमा उत्पादन भएका सुईटर, मोजा, कुसन,लेस, गमला जस्ता साम्रगी उत्पादन गरी मुगु लगायतका छिमेकि जिल्ला हुम्ला,जुम्ल तथा नेपालगञ्ज,काड्माडौ सम्म बिक्रीका लागि पुग्छन् । जिल्ला भित्र र छिमेकी जिल्लामा धनमाया सफल उद्यमी भनेर चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग