Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा सौताको रिसले घरमा आगो लगाउँदा आफ्नै छोरा-छोरी जलेर मरे…

२०७४, ५ चैत्र सोमबार १४:३८

(सास) चैत ५, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाले सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा २ बालबालिकाको जलेर मृत्यु भएको छ । आफ्नै आमाले घरमा आगो लगाउँदा उनकै ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर घटना स्थलमा नै मृत्यु भएको हो । 

खाँडादेवी गाउपालिका ६ पन्ने  चौरकी दिलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षिया तारा केसीले आइतबार राति श्रीमान र सौतेनीको रिसमा छोराछोरी सहित जलेर मर्ने भन्दै २ छोराछोरी सहित बस्दै आएको आफ्नो कटेरोमा आगो लगाएको केसीले प्रहरीलाइ प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार राती साढे १० बजे तिर छोराछोरी निदाएपछि उनले कटेरोमा आगो लगाउँदा तारा केसीको पनि लगाएका लुगा डढ्नुका साथै आगोले पोलेको छ । आगो लगाउने तारा केसी आफ्नो पतिले कान्छी पत्नी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी थिइन् । आगोले कटेज भित्र सुतिरहेका दुई बालबालिकाको डढेर मृत्यु हुनुको साथै कटेज भित्र राखिएको सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् । घटना पछि घटनास्थल पुगेको प्रहरीको टोलीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिल बहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

आगोलागीमा परी मृत्युभएका २ बच्चाको शब सोमबार सदरमुकाम मन्थली ल्याइएर पोष्टमार्टम गरि जलाइएको छ । आगो लगाउने तारा केसी पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर बसेकि थिइन् । थप अनुसन्धान बाकि रहेकाले मंगलबार मात्र पत्रकार सम्भेलन गरि उनीहरुलाइ सार्वजनिक गर्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश