३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वाजुङ गाविसमा जाने बजेट पारदर्शी रहेको सरोकारवालाहरुको भनाई

११ मंसिर २०७२, शुक्रबार ०६:०२

मंसिर ११, पर्वत । गाविस कार्यालयमा सञ्चालन हुने हरेक कृयाकलापमा पारदर्शिता अपनाउने पर्वतको बाजुङका सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नवचेतना सामुदायिक विकास केन्द्र कुश्माको आयोजना तथा एलजिएएफ कार्यक्रमको आर्थिक सहयोगमा गाविसमा सम्पन्न एकदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले आजसम्म पनि गाविसका काम पारदर्शी रहेको र आगामी दिनमा पनि पारदर्शी बनाउने बताएका हुन् ।

गाविसको विकासमा आएको बजेट लक्षित क्षेत्रमा प्रयोग हुने त्यहाँका राजनितिक दलहरुको भनाई थियो । गाविस सचिव भीमप्रसाद अर्यालले एलजिएएफ कार्यक्रमले गाविसलाई अनुगमन गरेर पारदर्शी बनाउन सहजीकरण गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले वडा नागरिक मञ्चबाट आएका योजनालाई प्राथमिकता दिने, सार्वजनिक सुनुवाई गर्ने, सार्वजनिक सुचना पार्टिको व्यवस्था गर्ने र गुनासो सुन्ने प्रभावकारी सयन्त्र खडा गर्ने जनाउनुभएको थियो ।

एलजिएएफ कार्यक्रमको कार्यबिधी र उदेश्यका बारेमा एलजिएएफ कार्यक्रमका कार्यक्रम संयोजक यज्ञप्रसाद शर्माले सहभागीहरुलाई जानकारी दिनुभएको थियो । गाविसको कार्यलयमा भएको कार्यक्रममा सरोकारवाला ४२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत नवचेतना सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष शान्ती ढकालले गर्नुभएको थियो भने सञ्चालन एलजिएएफ कार्यक्रमका उत्तरदायी अनुगमन अधिकृत सुदिप लामिछानेले गर्नुभएको थियो ।

एलजिएएफ कार्यक्रमका उत्तरदायी अनुगमन अधिकृत प्रकाश पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्यसमितिका सभापती कृष्णप्रसाद अधिकारी, एमाले गाउँ कमिटि अध्यक्ष राजेश शाहि, एकिकृत नेकपा माओबादी अध्यक्ष जयबहादुर अखेली, राप्रपाका अध्यक्ष जगतबहादुर पौडेल,नेकपा एकिकृतका अगनबहादुर विक, महेनद्र शिखरी उच्च माविका प्राचार्य यामप्रसाद अधिकारी, विश्वशान्ती प्राविका प्रधानाध्यापक ओमप्रकाश पौडेल, मनकामना प्राविका प्रधानाध्यापक संझना अधिकारी, वडा नागरिक मञ्चका संयोजक माया कुँवर,चिन्तामणी शर्मा, राजकुमार केसी, अनिता मल्ल, भिमलाल शर्मा, देबेन्द्र हमाल, गंगादेबी मल्ल, नागरिक सचेतना केन्द्रकी संयोजक मेनुका विक, अपाङ्ग सञ्जालका गोमादेवी आचार्य, महिला सञ्जालकी दुर्गादेवी शर्मा, कृषि सञ्जालका बिदुर हमाल, दलित सञ्जालका तारा दर्जी, सामाजिक परिचालक सावित्री अधिकारी, सुआहारा पर्वतकी फिल्ड सुपरभाईजर पूजा रानाले बोल्नुभएको थियो । यसैबिच ठानामौला गाविसमा एलजिएएफ कार्यक्रमले मंसिर १३ गते अभिमुखीकरण कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली