२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहटमा चिताबाटै एक महिलाको शव बरामद, यस्तो छ कारण

६ चैत्र २०७४, मंगलवार ०६:४९

चैत ६, रौतहट | प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । 

श्रीमानको कुटाइबाट मृत्यु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो । 

झगडाका क्रममा अभियुक्तको कुटाइबाट मृत्यु भएकी राजकुमारीलाई आज बिहान मृतकका दुईभाइ र अभियुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए । 

सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुरेश साह पक्राउ परेका छन् । घटनापछि फरार अभियुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । 

स्काभेटरमा आगजनी 

बाटो निर्माणमा खटिरहेको सडक डिभिजन कार्यालय रौतहटको स्काभेटरमा गए राति आगजनी गरिएको छ । आगजनीबाट स्काभेटरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । झाँझपुल कटहरिया सडकखण्ड छेउमा गरुडादेखि कटहरियासम्म सीधा जोड्न खनिएको नयाँ मार्गमा राखिएको स्काभेटर महमदपुर लक्ष्मीपुरका बीचमा गए राति अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिनुुभयो । 

आगो स्थानीयवासी र प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा लिएका थिए । आगलागीमा संलग्न रहेको आशंकामा गरुडा नगरपालिका, लक्ष्मीपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै