2026-08-26 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ४ हजार २७८ जनाले एसईई दिने

चिसाङ शेर्पा/चैत्र ६, खोटाङ | खोटाङमा यसबर्ष ४ हजार २७८ जना विधार्थीले एसईई परिक्षा दिने भएका छन् । जिल्ला शिक्षा कार्यालय दिक्तेलका अनुसार नियमिततर्फ ३ हजार ७२४ र एक्जाम्टेडतर्फ ५५४ जनाले एसईई परिक्षा दिने भएका हुन् । नियमिततर्फ छात्रा १९ सय ९७, छात्र १७ सय २७ र एक्जाम्टेडतर्फ छात्रा ३३४ र छात्र २२० जना विधार्थीले एसईई परिक्षा दिदैछन् । 

विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा ६९ विद्यार्थीले एसइई परिक्षा दिन नपाउने भएका छन् । कक्षामा नियमित उपस्थित नभएको र पठनपाठनमा संलग्न नरहेको हाजिरी रेकर्डका आधारमा अयोग्य ठहराइएका ६९ विद्यार्थी एसइई परिक्षाबाट बञ्चित भएका हुन् ।

जेठमा फर्म भरेका तर माघ मसान्तसम्ममा राजस्व बुझाउन नआएको विद्यार्थीको संख्यालाई परिक्षामा सहभागीताका लागि अयोग्य मानिएको जिल्ला शिक्षा कार्यालय खोटाङका प्राविधिक सहायक तिर्थ बिश्वकर्माले बताउनुभयो । 

खोटाङमा एसइई परिक्षा दिन नपाउने विद्यार्थी गत वर्षको तुलनामा ३६ ले कमी हो । दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा २५ वटा परिक्षाकेन्द्र निर्धारण गरिएको छ । एक्जाम्टेडका लागि सदरमुकाम दिक्तेलस्थित पञ्च मावि र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल केन्द्र राखिएको जिल्ला शिक्षा अधिकारी धन बहादुर श्रेष्ठले बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग