२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मल आयात भएपछि कृषकलाई राहत

१३ मंसिर २०७२, आईतवार १२:०९

मङ्सिर १३, पर्बत । भारतीय नकाबन्दीका कारण इन्धन, औषधी, ग्यास, रासायनीक मल लगायतका अत्यावस्यक सामानहरुको निकै अभाव भैरहेको वेला यहाँको एक सहकारीले रासायनीक मल आयात गरी विक्री वितरण गरेको छ ।

पर्वत कुश्माको ग्रामिण विकास कृषि सहकारी संस्थाले साल्टट्रेडिङ्ग कर्पोरेसन बागलुङ मार्फत आयत भएको रासायनीयक मल युरिया र कृषि समाग्री कम्पनी लि. पर्वत मार्फत आयत भएको डिएपी मल जिल्लामा भित्रायाइ विक्रीवितरण गरेपछि जिल्लाका किसानहरुलाई राहत मिलेको हो ।

अघिल्लो हप्ता जिल्ला प्रशासन कार्यालय पर्वत र उद्योग वाणिज्य संघको पहलमा सर्वसाधारणका लागि ग्यास भित्रीँदा केही मात्रामा भएपनि राहतको महशुस भएको थियो भने यस हप्ता ग्रामिण विकास कृषि सहकारी संस्थाको पहलमा जिल्लामा आउन नसकेको रासायीनक मल आयात भएको थियो ।

जिल्लाका विभिन्न निकायको समन्वय र सहयोगमा पर्वत जिल्लामा रासायनीक मल भित्रीन सफल भएको सहकारीले जनाएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि सामाग्री कम्पनी पर्वतका प्रमुख, साल्टटे«डिङ्ग कर्पोरेसन बागलुङका प्रमुख एवं जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख लगायतको समन्वय तथा सहयोगमा जिल्लामा रासायनीक मल उपलब्ध गराइएको ग्रामिण विकास कृषि सहकारी संस्थाका अध्यक्ष राजु शर्माले बताउनुभयो ।

विगतको तुलनामा यस वर्ष १ तिहाई मात्र रासायनीक मल जिल्लामा आयात भएको हो । यसरी ग्रामिण विकास कृषि सहकारी संस्थाले साल्टटे«डिङ्ग कर्पोरेसन बागलुङको पहलबाट ३ सय ६० बोरा युरिया मल र कृषि सामाग्री कम्पनी पर्वतको पहलमा बिरगंजबाट ४ सय २० बोरा डिएपी मल आयत गरिएको सहकारीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

रासायीनक मल पाउँदा सर्वसाधारण कृषकहरु खुसी छन् । आलु, गहुँ, तोरी लगायतको खेती गर्ने सिजनमा नाकाबन्दीका कारण इन्धन अभाव भएछि ढुवानी लगायतका विभिन्न समस्याका कारण रासायनीक मल जिल्लामा भित्रीन सकेको थिएन । रासायीनक मल भित्राउन समस्या भैरहेको समयमा अहोरात्र खटेर जिल्लामा रासायनीक मल भित्राइएको सहकारीले जनाएको छ ।

त्यसैगरी जिल्लाको मनकामना बचत तथा ऋण सहकारीले पनि रासायनीक मल आयत गरी कृषकहरुलाई विक्री वितरण गरेको बताइएको छ । कृषि सामाग्री कम्पनी लि. पर्वतका प्रमुख नारायण प्रसाद शर्माका अनुसार कृषि सामाग्री कम्पनी लिको पहल र सहकारीको लागानीमा जिल्लामा मल भित्राएर कृषकहरुलाई उपलब्ध गराइएको हो ।

जिल्लामा आएको युरिया मलको प्रति केजी २८ रुपैंयाका दरले र डिएपी ५८ रुपैंयाका दरले विक्री वितरण गरिएको सहकारीले जनाएको छ । उक्त मल धौलागिरीका बाग्लुङ, म्याग्दीमा समेत निर्यात गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की