रुपन्देहीको बुटवलबाट  बागलुङकाे बुर्तिबाङका अाउदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 रुपन्देहीको बुटवलबाट  बागलुङकाे बुर्तिबाङका अाउदै "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बस दुर्घटनामा बेपत्ता बुद्धाकाे शव भेटियो

२०७४, ६ चैत्र मंगलवार ११:४९

चैत्र ६, काठमाण्डौ | मंगलबार बिहान ढाेरपाटन नगरपालिका वडा -१ गरगरेमा बस दुर्घटना भएकाे छ। 


 रुपन्देहीको बुटवलबाट  बागलुङकाे बुर्तिबाङका अाउदै गरेकाे  लु १ ख ७४३९ नम्बर को रात्री बस दुर्घटनामा परि १० जना घाईते भएका थिए ।

भने एक बृद्धा बेपत्ता भईकी थिईन  प्रहरीकाे खाेजी पछि बेपत्ता महिलाको शव दुर्घटनास्थल देखी करीब २ सय मिटर तल बडीगाड खोलामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतक बृद्धा महिला तमानखोला गाउपालिका ३ की वर्ष ८४ की कुमारी बुढा भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् । घाइते मध्य भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ को मुस्तेतार अलि र ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला विकको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

बसमा सवार ७ जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयाे । 

दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलि, भारत रतनपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भयाे भन्ने प्रहरी अनुसन्धानबाट खुल्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै