३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बजेट थप गर्न माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

६ चैत्र २०७४, मंगलवार १२:०२

चैत्र ६, झापा | झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।


२५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक खोलिएको थियो। तर, निर्माण सम्पन्न गर्न आफ्नै बजेट अपुग भएको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिए।

 तीन वर्षअघि उनकै पहलमा फाल्गुनन्द मार्ग बहुवर्षे आयोजनामा परेको थियो। फेरि पनि सडक निर्माण सम्पन्न गर्न बजेट पाउने आशामा झापा, इलाम र पाँचथरका स्थानीयसँगै सडक निर्माण उपभोक्ता समितिले प्रानमन्त्री ओलीलाई मंगलबार सरकारी निवास बालुवाटार पुगेर भेट गरे। उनीहरुसँगै कांग्रेस नेता भीष्मराज आङ्देम्बे, माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्की, प्रतिनिधिसभा सदस्य महेन्द्रा कुमारी सुब्बा प्रदेश १ का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी लगायत नेताले प्रधानमन्त्री ओलीलाई भेटे।

त्यस क्रममा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले सडकलाई बाह्रै महिना सञ्चालन गर्न तत्काल एक अर्ब ७५ करोड आवश्यक रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

‘दमकदेखि चिसापानीसम्म ट्रयाक ओपन गरिएको ३६ किलोमिटर क्षेत्रभित्र बाह्रैमास सवारी साधन सञ्चालन गर्न तत्काल पक्की ढल, बेस्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाल जरुरी छ’, उनले भने,‘त्यसका लागि नेपाल सरकारका तर्फबाट चालु आर्थिक वर्षमा छुटाइएको बजेट अत्यन्त न्यून भयो। डिपिआर अनुसारको एक अर्ब ७५ करोड रकम तत्काल थप गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गर्छौँ।’

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै उक्त सडकका बारेमा आफू जानकार भएकाले बजेट अभाव हुन नदिने बताए। उनले यो सडक आफ्नो पुरानो सपना भएको बताउँदै सपना पूरा गरेरै छाड्ने बताए। उनले भने,‘यो सडक मेरो पुरानो सपना हो। हामी सपना मात्र देख्दैनौँ पूरा पनि गछौँ।’

जादु गरे जस्तै तकत्काल पूरा नभए पनि विस्तारै पुरा हुने बताए। प्रधानमन्त्री ओलीले भने,‘जादु्गरले जादु गरे जस्तै तत्काल त काम सकिँदैन। तर विस्तारै सकिन्छ। कामको प्रगती भइरहेको छ।’ विकासका लागि झापाका राजनीतिक दल एकजुट भएको भन्दै उनले खुसी व्यक्त गरे। उनले भने,‘यता उता हुने भनेको चुनावको बेलामा हो। अरूबेला झापाका राजनीतिक दल विकासमा एक हुन्छन्।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो