Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अर्घाखाँची जिल्लाबाट ३८ सय परीक्षार्थी(एसईई)सहभागि परिक्षाको तयारि पूरा

By साझासवाल 3 मिनेट पढाइ

चैत्र ७ (सास) अर्घाखाँची | यही चैत्र ८ गते विहीवार विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्घाखाँची जिल्लाबाट करीब ३८ सय परीक्षार्थी सहभागि हुने भएका छन् ।

जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १५८५ र छात्रा १९३३ गरी जम्मा ३ हजार ५ सय १८ जनाले परीक्षा फर्म भरेपनी ८९ जना परीक्षार्थीहरुभने  अयोग्य भएका छन । त्यस्तै एक्जाम्टेड ग्रेडबृद्धि तर्फ १ मात्र परीक्षा केन्द्र निर्धारण गरीएको छ । जसमा १ सय २५ छात्रा र ५२ जना छात्र गरी  जम्मा १७७ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन ।

यस्तै प्राविधिक बिषयतर्फ ५६ जना गरी कूल ३ हजार ६ सय ६२ परीक्षार्थीले एसईई परिक्षा दिदै छन भने ३ जना परीक्षार्थीहरु आंशिक दृष्टीबिहिन रहेको  जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

परीक्षाका लागि १७ केन्द्राध्यक्ष १९ सहायक केन्द्राध्यक्ष १६२ निरीक्षक ८७ जना सहयोगी कर्मचारी र सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले २५५ जना सुरक्षाकर्मी खटीने छन ।  परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा अधिकारी राउतले बताउनुभयो । यसैबीच यस बर्षको एसईई परिक्षालाई मर्यादित र ब्यबस्थीत रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सरोकारवाला निकायहरुले आग्रह समेत गरेका छन् ।