२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची जिल्लाबाट ३८ सय परीक्षार्थी(एसईई)सहभागि परिक्षाको तयारि पूरा

६ चैत्र २०७४, मंगलवार २०:३३

चैत्र ७ (सास) अर्घाखाँची | यही चैत्र ८ गते विहीवार विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्घाखाँची जिल्लाबाट करीब ३८ सय परीक्षार्थी सहभागि हुने भएका छन् ।

जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १५८५ र छात्रा १९३३ गरी जम्मा ३ हजार ५ सय १८ जनाले परीक्षा फर्म भरेपनी ८९ जना परीक्षार्थीहरुभने  अयोग्य भएका छन । त्यस्तै एक्जाम्टेड ग्रेडबृद्धि तर्फ १ मात्र परीक्षा केन्द्र निर्धारण गरीएको छ । जसमा १ सय २५ छात्रा र ५२ जना छात्र गरी  जम्मा १७७ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन । 

यस्तै प्राविधिक बिषयतर्फ ५६ जना गरी कूल ३ हजार ६ सय ६२ परीक्षार्थीले एसईई परिक्षा दिदै छन भने ३ जना परीक्षार्थीहरु आंशिक दृष्टीबिहिन रहेको  जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । 

परीक्षाका लागि १७ केन्द्राध्यक्ष १९ सहायक केन्द्राध्यक्ष १६२ निरीक्षक ८७ जना सहयोगी कर्मचारी र सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले २५५ जना सुरक्षाकर्मी खटीने छन ।  परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा अधिकारी राउतले बताउनुभयो । यसैबीच यस बर्षको एसईई परिक्षालाई मर्यादित र ब्यबस्थीत रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सरोकारवाला निकायहरुले आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य