२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महासंघको आठौ साधरणसभा सम्पन्न

२०७२, २० मंसिर आईतवार ११:१८

मंसिर २०, पर्वत/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आठौ साधरणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपाल पत्रकार महासंघको आठौ साधरणसभा सम्पन्न भएको हो ।

समासद् कल्पना चापागाईको प्रमुख आतिथ्यतामा संचालन भएकोल उक्त कार्यक्रममा चापागाईले आफु पनि संचारकर्मी भएका कारण संचार क्षेत्रको हकहितका लागि आफु लागि पर्ने बताएका थिइन् । पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम अध्यक्ष शर्माले पत्रकार महासंघको आफ्नै भवन नहुदाँ कठिन भएको भन्दै महासंघको भवन बनाउनको लागि सहयोग गर्न सवै सरोकारवाला निकायलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष माया अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । २०७० फागुन १७ देखि २०७२ मंसिर १४ गतेसम्मको आम्दानी र खर्च विवरणको प्रतिबेदन सार्वजानीक गरेकी थिइन् । आम्दानी तर्फ नेबैलि(२१६१) २ लाख १३ हजार ८ सय ४१, कृषि विकास बैकबाट १ लाख २५द हजार २ सय ६०, गण्डकी विकास बैकबाट ५३ हजार ७सय ३२ गरी कुल ३ लाख ९२ हजार ८ सय ३३ रुपैयाँ ७३ पैसा देखाइएको छ ।

त्यसैगरी अन्य आम्दानीमा सदस्यता नविकरण र पुरानो शुल्क प्राप्त् १ लाख ११ हजार १ सय २५, जलबायु परिर्वतन समबन्धी तालिम प्राप्त रकम ४९ हजार ९ सय, व्याज आम्दानी ३ हजार ६ सय७१, पत्रकार महासंघ नेपालबाट साग उपाध्यक्षलाई सहयोग प्राप्त ९ हजार ९ सय, कःल्याणकारी कोषका लागि जिविसबाट (आव ७०÷७१ देखि ७२ सम्म) २ लाख, पत्रकार सम्मेलन आम्दानी ७ हजार, शान्ति समितिबाट प्राप्त २८ हजार, छविलाल तिवारीबाट सापटी प्राप्त १६ हजार २ रुपैयाँ गरी कुल ८ लाख १८ हजार ४ सय ३२ रुपैयाँ ५३ पैसाको आम्दानी देखाइएको छ ।

जसमा घरभाडा खर्च ६६ हजार ५ सय, स्टेशनरी खर्च ६ हजार ८ सय, कम्प्यूटर मर्मत खर्च १ हजार, खाता संचालन नेबैली (४८२४) ३ हजार, चौथो अधिवेशन खर्च १४ हजार ७ सय ५ रुपैयाँ, इन्टरने्ट खर्च २ हजार चार सय, टेलिफोन सेट खरिद १ हजार ६० रुपैयाँ, अतिथि सत्कार तथा जलपान खर्च २३ हजार २ सय ९५, संचार खर्च १३ हजार ५ सय १९, चिया खाजा, ५१ हजार ७ सय ४० रहेको छ ।

त्यसैगरी व्यानर जिविस आन्दोलन खर्च ६ सय ५०, मर्मत तथा सरसफाइ १ हजार २५, स्थापना दिवस १ हजार, पत्रकार महासंघ केन्द्रमा भुक्तानी ७० हजार ९ सय २५, जलबायु परिर्वतन सम्बन्धी तालिम खर्च ३३ हजार ३ सय, गोपाल जिसी मार्फत भएको खर्च ७९ हजार २ सय ५०, यातायात खर्च काठमाडौं ५ हजार, पुरानौ बक्यौता भुक्तानी ८ हजार १ सय ८०, नेबैलि पर्वत (बहिन) २१६१मा ३ लाख ८८ हजार ९९ रुपैयाँ, कृषि विकास बैक २ हजार ८ सय १७, गण्डकी विकास बैक ६३ हजार ४ सय ३ रुपैया गरी क्ुल ८ लाख १८ हजार ४ सय ३२ रुपैयाँ ५३ पैसा रहेको प्रतिबेदनले देखाएको छ ।
व्यक्तिको नाममा खर्च र आम्दानी

कोषाध्यक्ष माया अधिकारीले सार्वजानिक गरेको खर्च र आम्दानीको प्रतिबेदनमा व्यक्तिको नाममा खर्च र आम्दानी भएको देखाइएको छ । आम्दानी तर्फ पत्रकार महासंघ नेपालबाट सागर उपाध्यलाई सहयोग प्राप्त भनी ९ हजार ९ सय , छविलाल तिवारीबाट सापटी प्राप्त १६ हजार २ रुपैयाँ देखाइएको छ । सागर उपाध्यायलाई महासंघले किन सहयोग गर्यो र सचिव छविलाल तिवारीबाट केका लागि सापटी लिइयो त्यो खुलाइएको छैन ।

भने यता खर्चमा महासंघका उपाध्यक्ष गोपाल जिसी मार्फत भएको खर्च भनी ७९ हजार ९ सय २५ रुपैयाँ देखाइएको छ तर किन र कसरी खर्च गरे र केका लागि खर्च गरे भन्ने बारेमा खुलाइएको छैन। जसका कारण पनि महासंघको खर्चमा व्यक्तिगत खर्च पनि जोडिएको हो कि भन्ने बारेमा पनि सदस्यहरुमा संखा पैदा भएको छ । यसरी व्यक्तिका नाममा संस्थाको खर्च जोडिनुले पनि महासंघ भित्र कस्तो गतिविधि भएको हो भन्ने बारेमा पनि सवैमा प्रश्नको विषय बनेको छ ।छविलाल तिवारीबाट पैसा सापटी लिइएको देखाइएको छ तर कुन प्रायोजनको लागि हो त्यो भने देखाइएको छैन ।

साधरणसभामा उपाध्यक्ष अनुपश्थित

पत्रकार महासंघको आठौ साधरणसभा तथा बनभोज कार्यक्रम भनिएता पनि साधरणसभामा उपाध्यक्ष देखि लिएर धेरै सदस्यहरु कार्यक्रममा सहभागीनै भएनन् । साधरण सदस्यहरुलाई साधरणसभा आयोजना गर्नु पूर्व पत्रकाटि जानकारी दिनुपर्ने भएता पनि त्यो भने महासंघबाट हुन सकेन । केबल फोनका आधारमा जानकारी गराइयो जसका कारण पनि धेरै जसो सदस्यहरु कार्यक्रममा सामेल भएनन् ।

पारिवारीक बनभोज बन्यो साधरणसभा

साधरणसभा तथा बनभोज कार्यक्रम महासंघका पदाधिकारीहरुलाई शनिवारको दिन पारिवारीक बनभोज गर्ने मौका समेत मिल्यो जसका कारण पनि महासंघका पदाधिकारीलाई एक काज दुइ पन्थ जस्तो पनि देखियो । महासंघका पदाधिकारीले आफ्ना छोराछोरी र श्रीमती समेत लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा