२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महासंघको आठौ साधरणसभा सम्पन्न

२० मंसिर २०७२, आईतवार ११:१८

मंसिर २०, पर्वत/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आठौ साधरणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपाल पत्रकार महासंघको आठौ साधरणसभा सम्पन्न भएको हो ।

समासद् कल्पना चापागाईको प्रमुख आतिथ्यतामा संचालन भएकोल उक्त कार्यक्रममा चापागाईले आफु पनि संचारकर्मी भएका कारण संचार क्षेत्रको हकहितका लागि आफु लागि पर्ने बताएका थिइन् । पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम अध्यक्ष शर्माले पत्रकार महासंघको आफ्नै भवन नहुदाँ कठिन भएको भन्दै महासंघको भवन बनाउनको लागि सहयोग गर्न सवै सरोकारवाला निकायलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष माया अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । २०७० फागुन १७ देखि २०७२ मंसिर १४ गतेसम्मको आम्दानी र खर्च विवरणको प्रतिबेदन सार्वजानीक गरेकी थिइन् । आम्दानी तर्फ नेबैलि(२१६१) २ लाख १३ हजार ८ सय ४१, कृषि विकास बैकबाट १ लाख २५द हजार २ सय ६०, गण्डकी विकास बैकबाट ५३ हजार ७सय ३२ गरी कुल ३ लाख ९२ हजार ८ सय ३३ रुपैयाँ ७३ पैसा देखाइएको छ ।

त्यसैगरी अन्य आम्दानीमा सदस्यता नविकरण र पुरानो शुल्क प्राप्त् १ लाख ११ हजार १ सय २५, जलबायु परिर्वतन समबन्धी तालिम प्राप्त रकम ४९ हजार ९ सय, व्याज आम्दानी ३ हजार ६ सय७१, पत्रकार महासंघ नेपालबाट साग उपाध्यक्षलाई सहयोग प्राप्त ९ हजार ९ सय, कःल्याणकारी कोषका लागि जिविसबाट (आव ७०÷७१ देखि ७२ सम्म) २ लाख, पत्रकार सम्मेलन आम्दानी ७ हजार, शान्ति समितिबाट प्राप्त २८ हजार, छविलाल तिवारीबाट सापटी प्राप्त १६ हजार २ रुपैयाँ गरी कुल ८ लाख १८ हजार ४ सय ३२ रुपैयाँ ५३ पैसाको आम्दानी देखाइएको छ ।

जसमा घरभाडा खर्च ६६ हजार ५ सय, स्टेशनरी खर्च ६ हजार ८ सय, कम्प्यूटर मर्मत खर्च १ हजार, खाता संचालन नेबैली (४८२४) ३ हजार, चौथो अधिवेशन खर्च १४ हजार ७ सय ५ रुपैयाँ, इन्टरने्ट खर्च २ हजार चार सय, टेलिफोन सेट खरिद १ हजार ६० रुपैयाँ, अतिथि सत्कार तथा जलपान खर्च २३ हजार २ सय ९५, संचार खर्च १३ हजार ५ सय १९, चिया खाजा, ५१ हजार ७ सय ४० रहेको छ ।

त्यसैगरी व्यानर जिविस आन्दोलन खर्च ६ सय ५०, मर्मत तथा सरसफाइ १ हजार २५, स्थापना दिवस १ हजार, पत्रकार महासंघ केन्द्रमा भुक्तानी ७० हजार ९ सय २५, जलबायु परिर्वतन सम्बन्धी तालिम खर्च ३३ हजार ३ सय, गोपाल जिसी मार्फत भएको खर्च ७९ हजार २ सय ५०, यातायात खर्च काठमाडौं ५ हजार, पुरानौ बक्यौता भुक्तानी ८ हजार १ सय ८०, नेबैलि पर्वत (बहिन) २१६१मा ३ लाख ८८ हजार ९९ रुपैयाँ, कृषि विकास बैक २ हजार ८ सय १७, गण्डकी विकास बैक ६३ हजार ४ सय ३ रुपैया गरी क्ुल ८ लाख १८ हजार ४ सय ३२ रुपैयाँ ५३ पैसा रहेको प्रतिबेदनले देखाएको छ ।
व्यक्तिको नाममा खर्च र आम्दानी

कोषाध्यक्ष माया अधिकारीले सार्वजानिक गरेको खर्च र आम्दानीको प्रतिबेदनमा व्यक्तिको नाममा खर्च र आम्दानी भएको देखाइएको छ । आम्दानी तर्फ पत्रकार महासंघ नेपालबाट सागर उपाध्यलाई सहयोग प्राप्त भनी ९ हजार ९ सय , छविलाल तिवारीबाट सापटी प्राप्त १६ हजार २ रुपैयाँ देखाइएको छ । सागर उपाध्यायलाई महासंघले किन सहयोग गर्यो र सचिव छविलाल तिवारीबाट केका लागि सापटी लिइयो त्यो खुलाइएको छैन ।

भने यता खर्चमा महासंघका उपाध्यक्ष गोपाल जिसी मार्फत भएको खर्च भनी ७९ हजार ९ सय २५ रुपैयाँ देखाइएको छ तर किन र कसरी खर्च गरे र केका लागि खर्च गरे भन्ने बारेमा खुलाइएको छैन। जसका कारण पनि महासंघको खर्चमा व्यक्तिगत खर्च पनि जोडिएको हो कि भन्ने बारेमा पनि सदस्यहरुमा संखा पैदा भएको छ । यसरी व्यक्तिका नाममा संस्थाको खर्च जोडिनुले पनि महासंघ भित्र कस्तो गतिविधि भएको हो भन्ने बारेमा पनि सवैमा प्रश्नको विषय बनेको छ ।छविलाल तिवारीबाट पैसा सापटी लिइएको देखाइएको छ तर कुन प्रायोजनको लागि हो त्यो भने देखाइएको छैन ।

साधरणसभामा उपाध्यक्ष अनुपश्थित

पत्रकार महासंघको आठौ साधरणसभा तथा बनभोज कार्यक्रम भनिएता पनि साधरणसभामा उपाध्यक्ष देखि लिएर धेरै सदस्यहरु कार्यक्रममा सहभागीनै भएनन् । साधरण सदस्यहरुलाई साधरणसभा आयोजना गर्नु पूर्व पत्रकाटि जानकारी दिनुपर्ने भएता पनि त्यो भने महासंघबाट हुन सकेन । केबल फोनका आधारमा जानकारी गराइयो जसका कारण पनि धेरै जसो सदस्यहरु कार्यक्रममा सामेल भएनन् ।

पारिवारीक बनभोज बन्यो साधरणसभा

साधरणसभा तथा बनभोज कार्यक्रम महासंघका पदाधिकारीहरुलाई शनिवारको दिन पारिवारीक बनभोज गर्ने मौका समेत मिल्यो जसका कारण पनि महासंघका पदाधिकारीलाई एक काज दुइ पन्थ जस्तो पनि देखियो । महासंघका पदाधिकारीले आफ्ना छोराछोरी र श्रीमती समेत लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै