३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विविध कार्यक्रम गरि मनाइयो

८ चैत्र २०७४, बिहीबार ०५:४४

चैत्र ८, जनकपुरधाम। विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिएको हो । ’जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराकासाथ यस वर्ष यो दिवस मनाइएको हो । विश्व मुख स्वास्थ्य दिवस २०१८ को अवसरमा नेपाल डेन्टल हस्पिटल एण्ड टेक्निकल रिसर्च ईन्स्टिच्यूट प्रालिले मंगलबार रामानन्द चोकदेखि रौनियार धर्मशालासम्म विभिन्न स्थानमा मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्यालीको आयोजना गरेको थियो । 

र्यालीमा सयभन्दा बढी डाक्टर,डेन्टल असिस्टेन्ट तथा जनकपुरका विभिन्न दन्त कलेजका विद्यार्थीहरु सहभागी थिए । र्याली पश्चात प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजना गरिएको अन्तरक्रियामा मन्त्री यादवले सरकारले ल्याएको राष्ट्रिय मुख स्वास्थ्य नीति २०७० ले नेपालका सम्पूर्ण जनताले मुख स्वास्थ्यको गुणस्तरीय सेवा पाउने बताए । उनले डाक्टरहरुलाई विद्यार्थीलाई पान पराग,गुटखा नखान सुझाव दिन आग्रह समेत गरे । मन्त्री यादवले हामीले सरसफाईमा ध्यान नदिएका कारण ८० प्रतिशत ब्यक्ति विरामी हुनेगरेको बताउँदै  प्रत्येक परिवारले अहिले १३ हजार रुपैयाँ औषधी उपचारमा खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । उनले ६ हजार ५ सयभन्दा बढि बालबालिका अकाल मृत्युको शिकारमा परिरहेको समेत दुःखेसो ब्यक्त गरे ।

 कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले डाक्टर हाम्रो समाजको ऐना रहेकाले उनीहरुलाई सहि मार्गनिर्देश दिन आग्रह गरेका थिए । नेता यादवले शहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने बानीका कारण दाँत सड्ने समस्या बढी देखिएको बताउँदै सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्ने आवश्यकता रहेको बताए ।हाल १२ वटा दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३ सय चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१८ देखि यो संख्या दोब्बर हुने बताईएको छ । सरकारले नीति बनाएर देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन