२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङ जिल्ला अस्पतालमा न्यानो झोला कार्यक्रम स्थगित

२०७४, ९ चैत्र शुक्रबार ०५:३२

चैत ९, लमजुङ | जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित भएसँगै जिल्लाका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन् । कार्यक्रम नियमित गर्न सम्बन्धित स्थानीय तहसँग बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या वृद्धि भइरहेका बेला सरकारले दिँदै आएको उक्त कार्यक्रम स्थगित हुनु दुर्भाग्य भएको उक्त अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताउनुभयो । 

नियमित जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले रु एक हजार ४०० सहित न्यानो झोला दिँदै आएको थियो ।न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तैलिया, रुमाललगायतका न्यानो कपडाका साथ आमाका लागि दुईजोर म्याक्सी राखिन्थ्यो ।स्थानीय तहबाट बजेट वा सामग्री आएलगत्तै कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ