२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा ताराखसे भगवति मन्दिर निर्माणमा सहयोग गर्नेलाई सम्मान

९ चैत्र २०७४, शुक्रबार ०७:०८

चैत्र ९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर निर्माणमा ५२ हजार सहयोग गर्नुहुने भूमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट ताराखसेका यमलाल भुसाल र ५१ हजार सहयोग गर्नुहुने  वडा नं ७ नुवाकोट बादुकाका खिम बहादुर खत्रीलाइ कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले टिका, माला, खादा तथा प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

सहयोगी दाताहरुलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले मठ मन्दिरहरु हाम्रा सास्कृतिक धरोहरहरु भएकोले यिनीहरुको संरक्षण र समवद्र्धन गर्नु हामी सबको दायित्व भएको उल्लेख गर्दै आफ्नो चौसासी पुजामा लाग्ने खर्च कटौती गरी मन्दिर निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्नुभएकोमा सहयोगदाताहरुको मुक्त कण्ठले प्रशंसा गर्नुको साथै उहाँहरुको सु स्वास्थ्य तथा दिर्घायूको कामना गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरले मन्दिर निर्माण गर्नु मात्र ठुलो कुरा नभई यसको संरक्षण र सम्वद्र्धन गरेमा मात्र सार्थकता हुने उल्लेख गर्दै मन्दिर निमार्णमा आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने स्थानीय वासी तथा बैदेशिक रोजगारीमा रहेका युवाहरुको धन्यवाद दिनुभएको थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिती रहेको थियो । 

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण पौडेलको अध्यक्षता, मन्दिर निर्माण समितिका सदस्य लिलामणि उपाध्यायको स्वागत तथा सचिव प्रेमलाल भुसालको संचालनमा सम्पन्न भएको पत्रकार विनोद गैरेले जानाकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान