२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

होश्राङ्दी बन्यो छुवाछुत मुक्त

२०७२, २९ मंसिर मंगलवार १०:०१

महेन्द्र केसी/ मंसिर २९, पर्वत ।  पर्वतको होश्राङदी गाउँ विकास समितिलाई जिल्लाको चौथो छुवाछुत मुक्त गाविस घोषण गरिएको छ । प्लान नेपाल, जिल्ला विकास समिति पर्वतको सहयोग, राष्ट्रिय दलित विकास संस्थाको सामजिक परिचालन, गाउँ विकास समिति होश्राङदी र दलित अधिकार निगरानी संजाल होश्राङदीको आयोजनामा मंगलबार उक्त गाविसलाई छुवाछुत मुक्त घोषण गरिएको हो ।

सोही अबसरमा उक्त गाविसलाई पुर्ण साक्षरता तथा निशुल्क अनिवार्य आधारभुत शिक्षा घोषण कार्यक्रम र स्थानिय सुर्य मा.विको वार्षिकत्सव कार्यक्रम समेत सम्पन्न भएको छ । राष्ट्रिय दलित विकास संस्था पर्वतका कार्यक्रम अधिकृत जितवहादुर नेपालीले जानकारी दिए ।
जातका आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि संविधानमा छुवाछुत विरुद्धको हकको व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यनव्यन हुन नसेकेका कारण देशका विभिन्न भागमा छुवाछुतका घटनाले प्रथामिकता पाउने गरेका छन् । मान्छे मान्छे विचमा पनि पानी चल्ने र नचल्ने भनी जातीय आधारमा गरिने विभेदका कारण शहरमा जातीय घटना कम घटेको देखिएता पनि गाउँमा भने अझै पनि त्यसको नियो उखिलिन सकेको छैन ।

जसका कारण पनि देशका विभिन्न ठाउँका कुना कुनामा जातीय हिंसा मौलाएको पाइन्छ । केहि समय अगाडी मात्रै डुब समुदायले इनारबाट पानी लिएको धनुषाको घटनाको विषयबस्तुले विश्वव्यापकता लियो । सरकार त्यसको प्रतिकारका लागि र मानिस मानिस समान हुन विभेद गर्नु हुदैन भनेर स्थलगत रुपमा गएता पनि सरकारनै त्यहाँको समुदायसँग भाग्नुपर्ने स्थीति भयो । यसरी देशको शहरी क्षेत्रमा हेर्ने हो भने पनि कतिपय ठाउँमा अझै पनि जातीय विभेदका घटना न्यून भएको देखिदैन ।

जिल्लाकै कुश्मा नगरपालिका २ पाङ मा गत बर्ष छुवाछुतको घटनाले उघ्र रुप लियो जसका कारण एक जनाको ज्यान समेत गयो । छुवाछुत विरुद्धमा यतिबेला देशव्यापी रुपमा छुवाछुत अन्त्य गर्नका लागि विभिन्न संघ संस्था लागि परेका छन् तर छुवाछुतको नियो अझै पनि ढल्न भने सकेको छैन । कुकुरलाई भान्छामा पस्न दिने तर मानवले मानवलाई जातीय आधारमा विभेद गर्ने रुदीबादी परम्परा अझै हट्ने भने सकेको छैन ।

सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ पुरुस्कार दिने घोषणा गर्यौ जातीय विभेद अन्त्य गर्नको लागि तर त्यो औपचारिकतामा मात्रै सिमित भएको छ । जिल्लामा रहेका चार गाविस छुवाछुत मुक्त गाविस भएका छन् तर ती गाविस औपचारिकतामा मात्रै सिमित रहनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा