चैत १०, कालिकोट | महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउपालिकाभित्रका केही व्व्यक्तिहरुले सस्तो लोकप्रियताको लागि अनियमितता आरोप लगाएको बताएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले विज्ञप्ती निकालेर विभिन्न प्रचारबाजीमा उत्रिएको बताए । उनले शुक्रबार मान्ममा पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा आफुसंग पराजित भएकाहरुले प्रतिशोधको रुपमा अनर्गल प्रचार गरेको बताए ।
नेकपा एमालेका गाउँपालिका संयोजक खड्गबहादुर सिंह र नेकपा माओवादी केन्द्रका गाउँपालिकाका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले जनप्रतिनिधिहरुलाई झुटो ओराप लगाएको उनले जनाए । नेपाल सरकारले दिएको १ करोड रुपैयाँको ४८ लाख रुपैयाँबैंक खातामा सुरक्षित रहेको भन्दै खर्च भएको ५२ लाख मध्येबाट ३२ लाख पुँजिगत तर्फको बजेटले कार्यालय व्यवस्थापनमा खर्च गरि बाँकी २० लाख रुपैयाँ चालुतर्फ रहेको बताए । अहिलेसम्म गाउँपालिकाले कुनै पनि योजनाको भुक्तानी नगरेको र पेश्की मात्र दिएको बताए ।
महावै गाउँपालिकाका डिल्लीकोटमा गाडि पुगेकै दिन पत्रकार सम्मेलन गरि गाउँपालिकामाथि हारेका उम्मेदवारले आफुहरुमाथि झुटो आरोप लगाई बदनाम गर्न खोजेको उनको दावी छ । गाउँपालिकाकाले आइटी अफिसर नियुक्त गर्दा योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गर्न नसकिने अडान लिएका कारण आफुसंग पटक पटक विवादमा उत्रिएको जनप्रतिनिधिलाई बदनाम गराउन झुटा आरोप लगाएको उनले बताए ।
पत्रकार सम्मेलनमा महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले महावै गाउँपालिकाको अनुगमन र त्यहाँको यर्थाथ वस्तु स्थिति नबुझी काठमाण्डौको होटलमा गएर निकालिएको विज्ञप्ती प्रति आपत्ती जनाए उनीहरुविरुद्ध मानहानीको मुद्धा दायर गर्ने तयारी गरेको उनको जानकारी दिए । उनले गाउँपालिकाकाले अहिलेसम्म ३३ प्रतिशत बजेट बाहेक अन्य बजेट भुक्तानी नभएको बताए ।
महावै गाउँपालिकाका सम्र्पूण योजनाहरुको अनुगमनका लागि आफ्नो संयोजकत्वमा अनुगमन समिति बनाएकाले सम्पन्न नभएका योजनाको भुक्तानी नदिएको आफुसंग प्रमाण रहेको उनले बताए । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै महावै गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रविन्द्रबहादुर शाहीले महावै गाउँपालिकामा अनियमितता भयो भन्ने विषयमा गाउँपालिकाकाले खरिद गरेका सामाग्रीको विल भरपाईसहित सामाग्री खरिद गरेको प्रत्येक पसलमा गएर आफुले विल चेकजाँच गरेको बताए ।