३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा चारदिने नि:शुल्क योग बिज्ञान शिविर सुरु

१० चैत्र २०७४, शनिबार १३:३४

चैत १०, सिरहा | स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा चारदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएको हो । 

शनिबारदेखि बुधबारसम्म चल्ने सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । योग शिविर विहान ४:३० देखि ६:३० बजेसम्म सञ्चालन भइरहेको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइने आयोजकले जनाएका छन् ।


मिर्चैया-६ स्थित रहेको श्री प्रावि मटियर्वाको प्राङ्गणमा मिर्चैया नगरपालिकाका प्रमुख मेयर श्रवण कुमार यादवले शिविरको समुद्घाटन गरेका हुन् । उनले योगले मानिसलाई स्वस्थ्य बनाउने भएकाले रोगको बाटो छेक्न योगले महत्वपूर्ण भूमिका खेलेको बताए ।

योग शिविरमा पतञ्जली योग समिति नेपालका सगरमाथा अञ्चल प्रभारी एवम् वरिष्ठ योग प्रशिक्षक मिस्टर प्रसाद चौधरीले योग प्रशिक्षण दिनेछन् । योगले मानिसलाई स्वास्थ्य रहन मद्दत पुग्ने योग प्रशिक्षक चौधरीले बताए । उनले योग विनाको संसारको कल्पना गर्न समेत नसकिने बताउनुभयो ।

आजको समुद्घाटनसत्र कार्यक्रममा मिर्चैया नगरप्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिबछी देवी साह, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, योग समिति मटियर्वाका अध्यक्ष पशुपति यादव, पतञ्जली योग समितिका जिल्ला सदस्य बिरेन्द्र यादव, महामन्त्री बलदेव यादव, सप्तरी योग प्रशिक्षक सुभेश चन्द्र दास, मिर्चैया योग समितिका उपाध्यक्ष भरत महासेठ, सल्लाहकारहरु प्रदीप तिवारी, रामनाथ यादव, संतोष महासेठ र सिकिया यादव, सदस्यहरु किशोरी साह, रामप्रताप यादव, प्रमोद साह, रिना ठाकुर लगायत विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय व्यापारी, युवा, युवती, गृहणी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, संचारकर्मी लगायत २०० बढीको सहभागिता रहेको थियो । – बिनय यादवको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन