२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत प्राधिकरण पर्वतले गर्यो सूचनाविनानै लोडसेडिङ

२ पुष २०७२, बिहीबार ०९:३३

पुस २, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले सूचनाविनानै लोडसेडिङ गरेको छ ।

आइतबार देखि प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन विनानै लोडसेडिङ गरेको हो । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतका प्रमुख कन्यालाल दासले लोडसेडिङ नभई केन्द्रबाटनै काटिएको बताए तर कार्यालयका कर्मचारीले भने लोडसेडिङ गरिएको बताएका थिए । विना सुचनानैल प्राधिकरणले लोडसेडिङ गर्न थालेपछि जिल्लाबासी चिन्तीत भएका छन् ।

प्राधिकरणले तालिका विनानै लोडसेडिङ गरेपछि समस्या भएको उपभोक्ताको गुनासो छ । सरकारले भारतले लगाएको नाकाबन्दीका कारण देशमा उर्जा संकट पैदा भएको अबस्थामा लोडसेडिङलाई कम गर्ने बताएको थियो ।

लोडसेडिङ उपभोक्ताले खाना पकाउने समयमा विनार ६ देखि ९ र बेलुका ५ देखि ९ बजेसम्म लोडसेडिङ नगर्ने बताएता पनि विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले भने उपभोक्ताले खाना पकाउने समयमा नै लोडसेडिङ गर्न थालेको हो ।

विहान २ घण्टा र बेलुका २ घण्टा प्राधिकरणले खाना पकाउने बेलामा लोडसेडिङ गर्न थालेपछि कुश्माबासी चिन्तित भएका छन्। विद्युत प्राधिकरणले सूचनाविनानै लोडसेडिङ गरेपछि समस्या झन थपिएको बडागाउँका नविन सुनारले बताए ।

भारतले लगाएको नाकाबन्दीका कारण ग्यासको अभाव भएर विद्युतको भर पर्नु परेको छ त्यहि पनि प्राधिकरणले विनासुचनानै लोडसेडिङ गर्छ जसले गर्दा झन् समस्यामा प¥यौं उनले भने ।

प्राधिकरणले सूचना निकाली लोडसेडिङ गरे बरु खाना पकाउन त सजिलो हुन्थ्यो कुन समयमा लोडसेडिङ गछ थाहा हुदैन जसका झन समस्या झेल्नु परेको छ, सुनारले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य