२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा घरमै सुत्केरी हुनेको दर शून्य

२०७४, ११ चैत्र आईतवार ०६:२१

चैत ११, ललितपुर | लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ । 

एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन लाबदले सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको बताउनुभयो । पहिले नियमित जाँचका लागि समेत महिलालाई ग्वार्काे वा लगनखेल पुग्नुपर्ने बाध्यता थियो । उहाँ भन्नुहुन्छ, “अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन विपन्न पनि स्वास्थ्य संस्थामा जान्छन् ।” केन्द्रमा स्थानीयवासी महिला पनि आउँछन् । अस्थायी रुपमा बसोबास गरेका विपन्न महिलाका लागि केन्द्र अझै सजिलो भएको छ । 

नजीकैको स्वास्थ्य संस्थामा सेवा पाउने भएपछि महिलाले अरु काम भ्याएर समेत जचाउने गरेका छन् । केन्द्रमा जाँच गर्न आउनेका तुलनामा सुत्केरी हुन आउने कम छन् । वार्षिक झण्डै तीनचार सय महिला जाँच गराउनका लागि आउँछन् । केन्द्रमा सबै खालका जाँचका लागि चिकित्सक र उपकरण छन् । 

उहाँ भन्नुहुन्छ, “नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे सम्झाइरहेका छौंँ ।” गत साउनदेखियता २१ महिलाले केन्द्रमा सन्तानलाई जन्म दिइसकेका छन् । यो संख्या अघिल्लो वर्ष ३० थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा