पुस ४, पर्वत । फिजियोथेरापी तथा अकुपेसनलथेरापी सम्बन्धी उपचार गर्ने एवी केयर एण्ड रिहाविलीटेशन हस्पिटल प्रालिले शनिबार कुश्मामा पत्रकारसँग भेटघाट गरेको छ ।
अस्पतालले दिने सेवासुविधाका बारेमा जनमानसमा जानकारी गराउनको लागि एवीले शनिवार पत्रकार भेटघाट गरी आफ्ना सेवा सुविधाको बारेमा जानकारी दिएको हो ।
एवी हस्पिटलका अध्यक्ष डा. अनिलबाबु पराजुली मानिसहरु महंगा हस्पिटलमा जाने तर उपचार संभव नभएर पछि अन्तिम अबस्थामा उपचारको लागि लाखौ खर्च गरीसकेपछि मात्रै आउने गरेको बताए । नेपालमा १० जना मध्ये १ जनालाई मस्तिकघात हुने तथ्याङकमा उल्लेख भएको बताउँदै एउटा सानौ सचेतनाले पनि यस्ता प्राण्घात रोगबाट बच्न सकिने उनको भनाई छ । क्यान्सर, मुटुरोग पछिको सवैभन्दा ठूलो खतरनाक रोग मस्तिष्कघात भएको बताउँदै यस्तो रोगबाट मानिसले आफ्नौ दैनिकीमा फेरबल गरी आफ्नो स्वास्थयलाई ध्यान दिने हो भने मात्र पनि रोगबाट बच्न सकिन उनको तर्क छ ।
एवी हस्पिटल एकमात्र त्यस्तो फिजियोथेरापी तथा अक्ुपेशनलथेरापी रहेको अस्पताल रहेको बताए । अत्याधुनिक प्रविधिबाट उपचार गरिने , बाताबरण विरामीमैत्री भएको उनको भनाई थियो । एवी अस्पतालका संचालक पर्यटनविद गोविन्दराज पहाडीले अस्पताल पारिवारिक भएको बताए । अस्पताल डा. पराज्लीको व्यक्तिगत सम्पत्तीमा बनाएको बताउँदै अस्पताल पैसा कमाउनको लागि भन्दा पनि सेवामुखी बनाउनको लागि बनाइएको उनको तर्क थियो । पहाडीले “थोरै खाऊ, धेरै हिडौं” भन्दै आजभोल्ी विश्वमा मोटोपनका कारण यस्ता रोगहरु देखा परेको उल्लेख गरे ।