Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कृषिको आधुनिकीकरण आवश्यक छ: मन्त्री खनाल

२०७४, ११ चैत्र आईतवार ११:३२

चैत ११, बागलुङ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उहाँले भन्नुभयो, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ ।’’ 

छिमेकी मुलुकले कृषिमा यान्त्रिकिकरणसहित ठूलो परिवर्तन ल्याएको भन्दै मन्त्री खनालले नेपालको कृषिलाई पनि प्रतिस्पर्धामा पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘‘निर्वाहमुखी कृषिले हामीले भनेको समृद्धि सम्भव छैन, यसलाई पूरै व्यावसायिक बनाउनुपर्छ’’ उहाँले भन्नुभयो, “अहिलेको सरकारले युवालाई कृषितर्फ आकर्षित गर्न युवामैत्री कृषि कार्यक्रम ल्याउन लागेको छ ।” 

“भूमिलाई चक्लाबन्दी गरेर ठूला कृषि फार्म चलाउनुपर्छ” मन्त्री खनालले भन्नुभयो, “जथाभावी प्रयोग र प्लटिङ्गलाई कडाइका साथ नियन्त्रण गर्छौं ।” 

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहनुभएका मन्त्री खनालले सरकारले चुनावका बेला गरेका वाचा पूरा गरेरै देखाउने उल्लेख गर्दै आउँदो ५ वर्षभित्रमा विकास र समृद्धिको आधार तयार गर्दै अगाडि जानकारी पनि दिनुभयो । 

मन्त्री खनालले आजै यहाँ जारी चैत्राष्टमी मेला पनि उद्घाटन गर्नुभयो |रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ