२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरको स्थानीय निकायमा शिक्षाका कर्मचारी गएनन्

११ चैत्र २०७४, आईतवार १२:२८

चैत ११, ललितपुर | शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् । 

शिक्षाका कर्मचारी नजाँदा स्थानीय निकायमा काम अघि बढाउन अन्योल रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताउनुभयो । जिल्लामा एउटा महानगरपालिका, दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी छवटा तह छन् । सबैभन्दा बढी विद्यालय भएको ललितपुर महानगरपालिकामा अघिल्लो वर्ष एक उपसचिव, तीन अधिकृत र चारजना स्रोत व्यक्ति गएका थिए । उहाँ भन्नुहुन्छ, “तीमध्ये उपसचिव फिर्ता भएको र अधिकृतलाई हाजिर गराएनन् ।” 

गोदावरी नगरपालिकामा एकजना अधिकृत र तीनजना स्रोत व्यक्ति गएको पोखरेलले बताउनुभयो । महालक्ष्मी नगरपालिकामा एकजना स्रोत व्यक्ति गएका छन् । कोञ्जेसोम, वाग्मती र महाँकाल गाउँपालिकामा एकजना पनि शिक्षाका कर्मचारी छैनन् । उहाँ भन्नुहुन्छ, “एक त कतिमा कर्मचारी नै छैनन् भने गएका पनि फर्किएका छन् ।” शिक्षाका कर्मचारी नहुँदा शिक्षाको बजेट अरुमा नै खर्च हुन थालेको छ । 

शिक्षाका कर्मचारी समायोजन प्रक्रियामा असहमत हुँदा स्थानीय निकायमा नगएका हुन् । गएका कर्मचारीसमेत काम गर्ने वातावरण नहुँदा फर्किएको पोखरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बस्ने कोठा वा कुर्सीसमेत स्थानीय निकायले व्यवस्था गरेका छैनन् ।” 

अहिले जिल्ला शिक्षा कार्यालयले द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय, प्रयोगशालालगायतका थोरै कार्यक्रममात्रै सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै